अमेरिकामाथि आक्रमण गर्न आणविक बम सहित तयार रहन नेता किमको निर्देशन

Posted on: May 02, 2016 | views: 291

२४ फागुन, एजेन्सी ।
आणविक हतियार सम्पन्न रहेको बताउँदै आएको उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकामाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।

आफुलाई उक्साउनेगरि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरेमा आणविक आक्रमण गर्ने चेतावनी उत्तर कोरियाले दिएको छ ।

अमेरिका र दक्षिण कोरियाबीच सोमबारबाट संयुक्त सैन्य अभ्यास हुने बताइएको छ । ३ लाख दक्षिण कोरियाका सेना र १५ हजार अमेरिकी सैनिकले गर्न लागेको सैन्य अभ्यास नरोके त्यसको भागिदार ति दुई देश हुने उत्तरको चेतावनी छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका तर्फबाट नेशनल डिफेन्स कमिशनले निकालेको विज्ञप्तीमा आफ्नो बचाउको लागि उत्तर कोरियाले आणविक आक्रमण गर्ने चेतावनी दिइएको छ ।

कोरिया प्रायद्धिपलाई खतरा हुनसक्ने जुनसुकै राष्ट्रलाई कडा चुनौती दिईने भन्दै उत्तर कोरियाले शुक्रबार आक्रमणको लागि तयार रहन आफ्ना सेनालाई निर्देशन दिईसकेको छ ।

सेनालाई युद्धको लागि तयार रहन निर्देशन दिएका नेता किमले वर्तमान अवस्था उत्तर कोरियाको लागि खतरनाक रहेको भन्दै आणविक हतियारसहित तयार रहन भनेका छन् ।

अमेरिका, पश्चिमा राष्ट् सहित संयुक्त राष्टसंघको विरोध र कडा नाकाबन्दीका वाबजुद उत्तर कोरियाले बारम्बार आणविक बमको परिक्षण र रकेक्ष प्रक्षेपण गर्दै आइरहेको छ ।

सैनिक साशन र कम्युनिष्ट व्यवस्था रहेको उत्तर कोरियामा बिदेशी नागरिक प्रवेशमा कडाई तथा ईन्टरनेट पहुँचको कडाईका कारण त्यहाँको बारेमा विश्व जगतले उत्तरकोरियाले दिएको समाचार, जानकारी र स्याटलाईटबाट प्राप्त केही जानकारीबाट जानकारीहरु बाहिर आउने गरेका छन् ।

उत्तर कोरियालाई हालसम्म चिन र रुसले बलियो साथ र सहयोग गर्दै आएको छ भने दक्षिण कोरियामा सेनानै राखेर अमेरिकाले उत्तरले आक्रमण गरेमा जुनसुकै सहयोग गर्ने भन्दै दुई देशबिचको दुरी झनै बढाउने काम गरिरहेको छ ।

किम जोङद्वारा दक्षिण कोरियामा आक्रमणको तयारी