भारतीय राष्ट्रपतिद्धारा नेपालले जस्तै संविधान संशोधन गर्न मोदी सरकारलाई सुझाव

Posted on: May 03, 2016 | views: 354

२३ फागुन, काठमाडौं ।
नेपालको संविधान नबुझि र नपढी जथाभावी टिप्पणी गर्दै अनावश्यक हस्तक्षेप गरिरहेको भारतीय सरकारलाई त्यहींका राष्ट्रपतिले नेपालको संविधानबाट पाठ सिक्न भनेका छन् ।

राष्ट्रपति प्रणव मुखर्जीले नेपालको संविधान जसरी भारतको संविधानको संशोधन गरेर अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न सरकारलाई सुझाव दिएका छन् ।

मुखर्जीले भारतीय संविधानमा संशोधन गरि भारतको केन्द्रिय संसद र प्रदेश संसदहरुमा महिलाहरुलाई ३३ प्रतिशत सिट आरक्षणको व्यवस्था गर्न आग्रह गरेका हुन् ।

नेपालको नयाँ संविधानमा भएको जस्तो व्यवस्था गर्न भन्दै मुखर्जीले नेपालको अनुशरण गर्दै भारतीय संविधानमा पनि संशोधन गर्न आग्रह गरेका हुन् ।

नेपालको संविधान जारी भएको तिन महिना नवित्दै भएको संशोधन अनि भारतीय राष्ट्रपतिको यस प्रस्तावले भारतीय राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीले भनेका छन् कि भारत स्वतन्त्र भएदेखि अहिले सम्म भारतीय संसदमा १२ प्रतिशत भन्दा वढी महिला प्रतिनिधित्व हुन सकेको छैन, यो एक दुखद कुरा हो ।

महिला आरक्षणको मामलामा नेपालको संविधान भारतीय संविधान भन्दा प्रगतिशील हुनुका साथै अल्पसंख्यक, सिमान्तकृतहरुको आरक्षणमा समेत नेपाल अगाडी रहेपनि तिनै भारतीयबाट पालित पोसीत मधेश केन्द्रित केही दलका भारत परस्त नेता भने अधिकारको नामममा आन्दोलन भन्दै नेपालको नागरिकता लिएका पूर्व भारतीयलाई नेपाली सरह अधिकार दिनुपर्ने भन्दै आन्दोलनका नाममा तराईका जिल्लामा हिंसा र बन्द हड्ताल गर्दै आइरहेका छन् ।