उत्तर कोरियाको पानी जहाज फिलिपिन्सको नियन्त्रणमा 

Posted on: May 02, 2016 | views: 221

एजेन्सी,फागुन २३ । फिलिपिन्सले उत्तर कोरियाको एक पानी जहाज नियन्त्रणमा लिएको छ । परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाइरहेकै बेला फिलिपिन्स प्रवेश गरेको उत्तर कोरियाली पानी जहाज नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको पानीजहाज उत्तर कोरियाको जहाजरानी कम्पनीको रहेको र उत्तर कोरियाको ३१ वटा ठूला पानीजहाज मध्ये एक भएको वीवीसीले जनाएको छ । बीउ बिजनसहितको उक्त जहाज नियन्त्रणमा लिएपनि चालकदलका सदस्यलाई भने उत्तर कोरियाकै जिम्मा लगाइने छ । पानीजहाज भने फिर्ता नगर्ने फिलिपिन्स सरकारको भनाई छ ।