बिन लादेनको २ अर्ब ९ करोड अमेरिकी डलर सम्पत्ति

Posted on: May 03, 2016 | views: 234

एजेन्सी,फागुन १९ । आतंकवादी संगठन अल कायदाका नेता ओसामा बिन लादेनको २ अर्ब ९ करोड अमेरिकी डलर सम्पत्ती रहेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार केही प्रतिवेदनहरु सार्वजनिक गर्ने क्रममा लादेनको सम्पत्ती विवरण सहितको हिसाब सार्वजनिक भएको हो ।  एबटाबाद अभियानको दौरानमा सम्पत्ति विवरण सहित फेला परेको हो । लादेनले आफ्नो परिवारलाई आफ्नो इच्छाअनुसार अल्लाहको लागि यो पैसा जिहादका लागि खर्च गर्ने भनेका छन् । 

एक अर्को पत्रमा लादेनले आफ्नो बुवालाई यदी आफ्नो मृत्यु भयो भने आफ्नी पत्नी र छोराछोरीलाई हेरचाह गरिदिनु भनेको उल्लेख गरिएको छ । लादेनकोे २ अर्ब ९ करोड सम्पत्ति पाइएपनि त्यो नगद वा अचल सम्पत्ति कस्तो रुपमा रहेको भन्ने बारे खुलाईएको छैन् । 

एबटाबादमा भेटिएको पत्रमा लादेनले आफ्नो सम्पत्ति सुडानमा रहेको उल्लेख गरेका छन् । लादेन सन् १९९० को दशकमा सुडान सरकारको पाहुना बनेर पाँच वर्षसम्म त्यहाँ बसेका थिए । २०११ मा अमेरिकी सेनाको विशेष कारबाहीमा लादेन मारिएका थिए ।