अमेरिकाद्वारा नेपाल भ्रमणमा लगाएको चेतावनी फुकुवा

Posted on: May 02, 2016 | views: 285

काठमाडौं,फागुन १८ । अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा लगाएको चेतावनी खारेज गरेको छ । गत असोजमा अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमणका क्रममा सचेत रहन दिएको चेतावनी सोमबार खारेज गरेको हो । अमेरिकाको विदेश मन्त्रालयबाट आफ्ना नागरिकलाई असोज २१ गते जारी गरिएको भ्रमण चेतावनीले गोरखा भूकम्पपछिको भौगर्भिक अस्थिरताका साथै वर्षा ऋतु, तराईमा विद्यमान तनाव र देशव्यापी इन्धन अभावलाई प्रतिविम्बित गरेको थियो । यी अवस्थाहरूमा परिवर्तन भइसकेकाले २०७२ फागुन १७ गतेबाट लागु हुने गरी उक्त भ्रमण चेतावनी खारेज भएको मंगलबार जारी वक्तव्यमा जनाइएको छ ।