जापानी सम्राट अकिहितोलाई एन्फ्लुएंजा

Posted on: May 02, 2016 | views: 250

१८ फागुन, टोक्यो ।
जापानी सम्राट अकिहितोलाई इन्फ्लूएंजा भाइरसको संक्रमण भएको छ ।

जापानी राजप्रसाद सम्बाद स्रोतलाई उदृत गर्दै सरकारी सञ्चार माध्यम एनएचकेले प्रशारण गरे अनुसार खोकी र घाँटी समेत दुखेका अकिहितोलाई ज्वरो आएको छ ।

एन्फ्लुएन्जाको संक्रमणपछि औषधि लिएर अकिहितो टोकियो दरबारमा आराम गरिरहेको समाचारमा उल्लेख छ ।

आईतबार मात्र फ्लुको संक्रमण पुष्टि भएका सम्राट अकिहितोलाई शनिबार देखि चिसोले छोएको र ज्वरो आएको थियो ।

राजतन्त्रात्मक मुलुक जापानमा राज परिवारको समाचारलाई जापानीहरुले चासोका साथ लिने गर्छन् भने राज परिवारलाई सम्मानको दृष्टिले हेर्ने गरेको पाइन्छ ।