घाँटी रेटेर परिवारका १४ जनाको हत्या पछि आत्महत्या

Posted on: May 02, 2016 | views: 187

१७ फागुन, एजेन्सी ।
आफ्नै परिवारका १४ जनाको घाँटी रेटेर विभत्स हत्या गरि भारतको महाराष्ट्रमा एक व्यक्तिले आफु पनि झुण्डिएर आत्महत्या गरेका छन् ।

समाचार अनुसा भारत मुम्बइसँग जोडिएको ठाणे भन्ने ठाउँमा कासारवडवाली इलाकामा आइतबार विहान हसनैन वरेकरले परिवारका सदस्यहरुको हत्या गरी आत्महत्या गरेका हुन् ।

भारतीय प्रहरीका अनुसार हत्या गरिएका मध्ये ७ बच्चा, ६ महिला र एक पुरुष रहेका छन् । एक महिलाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार शनिबार राति आफ्ना चार बहिनीलाई भोजमा बोलाएका हसनैनले माइती आएका बहिनी र तिनको सन्तानको समेत घाँटी रेटेर हत्या गरेका छन् ।

तर उनको यो नरसंहारमा उनकी भान्जी भने जोगिन सफल भएकी छन् । राति करिब १ बजेतिर चिच्याएको आवाज सुनेपछि हसनैनका घर पुगेका छिमेकीले लामो समयसम्म कसैले ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

ढोका फोडेर प्रहरी घरभित्र छिर्दा शवहरु छरपस्ट र हातमा चक्कु लिएका हसनैन शिलिङमा पासो लगाएर झुण्डिएको अबस्थामा फेला परेको थिए ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले हसनैनले खानामा नशालु पदार्थ मिसाएर घरका सदस्यलाई बेहोस बनाएर चक्कुले घाँटी रेटेर हत्या गरेको जानकारी दिएको छ ।
बच्चाहरुले भने खाना नखाएकाले हत्याका क्रममा चिच्याएकाले घटना रातीनै सार्वजनिक हुन पुगेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र हत्याको कारण समेत खुल्न बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।