विश्वभर बम झार्न सक्ने अत्याधुनिक बमवर्षक ल्याउँदै अमेरिका

Posted on: May 03, 2016 | views: 357

वासिङटन,फागुन १७ । अमेरिकाले पहिलोपटक अत्याधुनिक बमवर्षक बी–२१ को तस्बिर सार्वजनिक गरेको छ । यो बमवर्षकले विश्वको कुनै पनि ठाउँमा सजिलै बम झार्ने क्षमता राख्छ । संयुक्त राज्य अमेरिकाको सेनाले एयरफोर्सले आफ्नो अति नै गोप्य नेक्स्ट जेनेरेसन बी –२१ स्टिल्थ बमवर्षकको तस्बिर पहिलोपटक सार्वजनिक गरेको हो । 

अमेरिकाको एयरफोर्स विभागले जारी गरेको यो बमवर्षकले शीतयुद्वताका बनाइएको बी –५२ बमवर्षकलाई विस्थापन गर्नेछ । यसको डिजाइन यसरी बनाइउको छ कि यसले संसारमा जुनसुकै क्षेत्रमा सजिलै आक्रमण गर्ने क्षमता राख्छ । आजको अननपूर्ण पोष्ट दैनिकमा खबर छ ।