राहुल गान्धीलाई राष्ट्रद्रोहको मुद्दा

Posted on: May 03, 2016 | views: 291

१७ फागुन,नयाँदिल्ली । 
हैदराबादको साइबराबाद इलाकाको प्रहरी चौकीमा कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धी, कम्युनिस्ट पार्टी माक्र्सवादी (सिपिएम)का महासचिव सीताराम येचुरी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत कयौं नेतामाथि राष्ट्रद्रोहको उजुरी दर्ता गरिएको छ।
सरुरनगर प्रहरी चौकीका एसएचओ एस लिंगैयाले भने, ‘शनिबार अदालतको आदेशमा राहुल गान्धी, डी राजा, सीताराम येचुरी, अरविन्द केजरीवाल, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार, उमर खालिदमाथि मुद्दा दर्ता गरिएको छ।’

लिंगैयक अनुसार भारतीय दण्ड संहिताको धारा १२४ र १२४ (क) अन्तर्गत यस्तो मुद्दा दर्ता गरिएको हो। जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा भारतविरोधी नारा लगाइएको थियो।

भारतीय संसद्मा आक्रमण गरेपछि फाँसी दिइएका अफजल गुरुको समर्थनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। त्यहाँ विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गर्ने भनेर अनुमति मागेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।