राष्ट्रपति ओबामाद्वारा नेपाली सामानलाई भन्सार छुट दिने विधेयकमा हस्ताक्षर

Posted on: May 03, 2016 | views: 325

काठमाडौं,फागुन १३ ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली उत्पादनलाई अमेरिकामा निर्यात गर्दा लाग्ने भन्सार छुट सम्बिन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । बुधबार  नेपाललाई विशेष व्यापार ग्राहृयता प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका हुन् ।  

यो छुट नेपालले दश वर्षसम्मका लागि पाउने छ ।  यो कानुनले निश्चित गलैैचा तथा गार्मेन्टसहित ६६ प्रकारका नेपाली सामाग्रीमा भन्सार छुट पाउनेछन् । गत बैशाखमा गएको महाभूकम्पले शिथिल बनाएको नेपाली अर्थतन्त्रलाई केही राहत होस् भनि उक्त विधेयक ल्याइएको बताइएको छ । उक्त विधेयकले नेपालको व्यापार गर्ने क्षमतामा अविवृद्धी गर्न पनि अमेरिकाले सहयोग गर्ने छ ।