इजिप्टका राष्ट्रपति लिलामीमा,मूल्य एक लाख डलर !

Posted on: May 03, 2016 | views: 338

एजेन्सी,फागुन १३ । इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीको लिलामीका लागि एक लाख डलरको मूल्य तोकिएको छ । ‘देशका लागि आवश्यक परेमा म आफूलाई पनि बेच्न सक्छु ।’भनेर सार्बजनिक अभिव्यक्ति दिएपछि उनको मूल्य तोकिएको हो । उनको यो अभिव्यक्तिलगत्तै लिलामी सम्बन्धी वेबसाइट ‘इबे’मा इजिप्टका राष्ट्रपतिलाई खरिद गर्नका लागि एक लाख डलर मूल्य तोकेको हो । 

यो सत्य नभइ मजाकका लागि मात्रै लिलामीको लागि मूल्य राखिएको ‘इबे’ले जनाएको छ । लिलामी सम्बन्धी विज्ञापन प्रकाशित भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले सीसीका लागि १० पाउन्ड दिने भन्दै मजाक उडाएका छन् ।