सेनाको गोलबारुद राख्ने डिपोमा बिस्फोट,१८ जना सैनिकको मृत्यु

Posted on: May 31, 2016 | views: 400

मुम्बई,जेठ १८ । भारतको महाराष्ट्रस्थित पुलगाउँमा रहेको सेन्ट्रल एम्युनिसन डिपोमा आगलागी हुँदा २ सैनिक अधिकारीसहित १८ जनाको मृत्यु भएको छ । बिस्फोटपछि आगलागी हुँदा धेरै क्षति भएको समाचार संस्था पिटिआईले जनाएको छ । घटनामा सेनाका दुई उच्च अधिकारी र १७ जना जवान घाइते भएका छन् । आगलागीपछि छेउमा रहेका ६–७ गाउँ खाली गराइएको छ भने १ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।  आगलागी शुरु भएको स्थानमा भने आगलागी नियन्त्रण गरिसकिएको बताइएको छ । घटनाको छानबिन गर्न विशेष टोली गठन गरिएको छ ।