आतङ्कवादमै अल्झियो जि ७ बैठक

Posted on: May 22, 2016 | views: 334

९ जेठ, जापान ।
विश्वका औद्योगिक राष्ट्रहरुको समूह जि ७ मा आवद्ध देशहरु आतङ्कवाद विरुद्ध लड्न सहमत भएका छन् ।

जापानको सेन्दाई नगरमा भएको बैठकको दोस्रो दिन शनिबार उनीहरुले विश्वमा बढ्दो आतङ्कवादका विरुद्धमा लड्ने सहमति जनाएका हुन् ।

सदस्य राष्टहरुले विश्वमा पछिल्लो समयमा बढ्दो आतङ्कवाद विरुद्धको लडाईंका क्रममा आवश्यक सबैखाले सहयोग उपलब्ध गराउने विषयमा पनि सहमति जनाएका छन् ।

आतंकवाद बिरुद्ध लड्ने प्रयोजनका लागि सदस्य राष्टहरुले आर्थिक सहित अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

हिंसात्मक अतिवादका विरुद्धमा आर्थिक लगानीका साथै अन्य आवश्यक सहयोग उपलब्ध गराउनु सबै अन्तर्रा्ष्ट्रिय समूहको कर्तव्य हो । दुई दिने बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जापानको सेन्दाई नगरमा आयोजित दुई दिने बैठक शनिबार सम्पन्न भएको हो ।