राष्ट्रसङ्घमा बुद्धजयन्ती विशेष समारोह

Posted on: May 21, 2016 | views: 307

८ जेठ, एजेन्सी ।
बुद्धजयन्तीको अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालय न्युयोर्कमा  विशेष समारोह आयोजना गरिएको छ ।

त्यस अवसरमा महासचिव बान की मुन, महासभाका कार्यबाहक अध्यक्षका साथै बङ्गलादेश, भुटान, क्याम्बोडिया, भारत, इण्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यान्मा, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुसी महासङ्घ, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेसाक दिवसका रुपमासमेत मनाइएको बुद्धजयन्ती समारोहमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले अहिंसा र मध्यमार्गजस्ता बुद्धका उपदेशले दुई शहश्राब्दीदेखि मानव समाजलाई मार्गदर्शन गराएको बताउनुभयो ।

त्यसअघि बौद्धभिक्षुलाई श्रीलङ्काली स्थायी नियोगले आयोजना गरेको भोजन दान कार्यक्रममा नेपाली स्थायी नियागका पदाधिकारीले त्यहाँ एकत्रित भएका बौद्धभिक्षुलाई नेपाली भोजन गराएका उक्त नियोगले  जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।