जापान चीन सम्वन्ध सुधारको संकेत

Posted on: May 03, 2016 | views: 370

१६ बैशाख, एजेन्सी ।
समुन्द्र सिमा र सैन्य क्षमता विस्तार लगायतका विषयले खटपटपूर्ण सम्वन्ध रहँदै आएको जापान र चीन बिचको सम्वन्धमा सुधारको संकेत देखिएको छ ।

गत साता जापानी मन्त्रीले चीनसँगको सम्वन्ध सुधारमा सकारात्मक बोलेको बताएपछि चीनले सम्बन्ध विकास र विस्तारका लागि केही गर्न जापानलाई आग्रह गरेको छ ।

चीननी जापानी विदेशमन्त्री फुमियो किसिदाले गत अप्रिल २५ मा जापान चीन सम्बन्धका विषयमा सकारात्मक टिप्पणी गरेपछि सम्वन्ध सुधारको संकेत देखिएको हो ।

किसिदाले चीन जापान सम्बन्धका विषयमा उल्लेख गदै जापान चीनसँग सम्वन्ध विस्तार र सुधार गर्दै असमझदारीहरु हटाउन तयार रहेको बताएको समाचारहरुमा उल्लेख छ ।

जापानले विशेषगरी चीनको बढ्दो सैन्य संख्या र क्षमताका साथै सामुद्रिक कानुन कडा बनाइएका विषयमा असन्तुष्टि जनाउँदै आएको छ ।

मन्त्री निसिदाको भाषणपछि प्रत्युत्तरमा चीनले सम्बन्ध विकासका क्षेत्रमा केहीगर्ने संकेत गर्दै देखिनेगरि प्रयास थाल्न जापानलाई भनेको छ ।

चीनियाँ विदेश मन्त्रालयका प्रवत्ताले भनेका छन् कि हामीले जापानी विदेशमन्त्रीको भाषणमा केही सकारात्मक प्रतिक्रिया देखेका छौँ अबका दिनमा पनि यसले निरन्तरता पाउन सकेमा राम्रो हुनेछ ।

यता जापानी विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियांले भने ‘हामीलाई लाग्छ हाम्रो तर्फबाट के गर्नुपर्ने हो हामी तयार नै छौँ र जापानले पनि भाषणमा आएजस्तै वार्ताका लागि उसैले नै प्रयास गर्नु जरुरी छ ।

चीनले आफुले सधैं शान्तिपूर्ण रुपमा आफ्नो कुराहरु राख्दै आएपनि जापानी पक्षबाट भने समझदारीका कुरा यसअघि नहुने गरेको संझना गराउँदै पछिल्लो समयमा आएका सकारात्मक कुराहरुलाई अघि बढाउन र अर्को देशको कानुनलाई सम्मान गर्न भनेको छ ।