अमेरिकालाई क्षमायाचनाको लागि सोध्दैनौं-किसिदा

Posted on: May 03, 2016 | views: 542

१३ बैशाख, टोकियो-जापान ।
जापानका विदेश मन्त्री फुमियो किसिदाले अमेरिकाले माग्ने माफीको जापानलाई कुनै वास्ता र चासो नरहेको बताएका छन् ।

आसन्न अमेरिकी राष्टपती बाराक ओबामाको भ्रमण सन्र्दमा विदेशमन्त्री किसिदाले यस्तो टिप्पणी गरेका हुन् ।

अमेरिकी अधिकारीका अनुसार जापान आउन लागेका ओबामाले शुक्रबार हिरोसिमा भ्रमण गर्ने भएका छन् ।
गत महिना मात्र अमेरिकी विदेश सचिवले हिरोसिमाको भ्रमण गरेका थिए ।

विश्वका धनी राष्ट्रको संगठन जी ७ को शिखर सम्मेलनका लागि ओबामा जापान आउन लागेका हुन् । सोही क्रममा ओबामा हिरोसिमा पुग्ने कार्यतालिका रहेको छ ।

दोस्रो विश्व युद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमामा आणविक बम खसाल्दा दशौं हजार निर्दोन नागरिकको मृत्यु र लाखौं अपांगा भएका थिए ।