राष्ट्रपति दौडबाट बाहिरिए जेब बुश

Posted on: May 02, 2016 | views: 271

वासिंटन, फागुन ९ । फ्लोरिडा राज्यका पूर्व गभर्नर जेब बुस अमेरिकाको  राष्ट्रपति दौडबाट बाहिरिएका छन् । दुई अमेरिकी पूर्व राष्ट्रपतिका पारिवारिक सदस्य जेब बुशले राष्ट्रपति निर्वाचनबाट आफू पछि हटेको समाचार सार्वजनिक गर्नुभएको हो । 

साउद क्यारोलिना प्राइमरीमा उहाँ पराजित भएपछि राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हट्नु भएको जानकारी दिनुभएको हो । जेब बुश पूर्व अमेरिकी राष्ट्रपति जर्ज एच बुशका छोरा हुन् भने अर्का पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशका भाई हुन् । उनी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको दौडमा थिए ।