बिहारमा भीषण आगलागी, १३ को मृत्यु

Posted on: May 03, 2016 | views: 326

एजेन्सी,बैशाख ११ । बिहारको औरंगावाद जिल्लामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । दाउदनगर प्रखंडस्थित तरार गाँउको  शुक्रबार दिउँसोहरिनगर टोलमा भएको थियो । दाउदनगरका एक सरकारी अधिकारीले  पुष्टि गरे अनुसार मृतको संख्यामा बृद्धि हुनसक्ने जनाईएको छ । 

एक आपसमा जोडिएका तीन घरमा आगलागी भएको थियो । बाबाहिर निस्कने ढोकाबाट आगो लागेका कारण घर भित्र रहेका मानिस निस्कन पाएका थिएनन् । आगलागी भएको घरमा तिलक समहारोहका लागी आएका आफन्त र परिवारजनको जमघट रहेको जनाइएको छ । आगलागीको कारणबारे केही खुल्न सकेको छैन ।