अमेरिकामा गोली हानी ६ जनाको हत्या

Posted on: May 02, 2016 | views: 309

९ फागुन, एजेन्सी ।
गोली हानी सर्वसाधारणको हत्या गर्नेक्रम बढ्दै गएको अमेरिकामा फेरी त्यस्तै घटना भएको छ । अमेरिकाको मिसिगन राज्यको कालामाजुमा ६ जनाको गोली हानी हत्या भएको छ ।

अज्ञात व्यक्तिले अन्धाधुन्ध चलाएको गोलीबाट ६ जनाको मृत्यु र अन्य तीन जना गम्भिर घाइते भएका छन् ।

दुई फरक ठाउँमा ति व्यक्तिको एकै व्यक्तिले गोली हानी हत्या गरेको अलजजिरा अनलाईनले उल्लेख गरेको छ ।

जसमा ४ जनाको रेष्टुरेण्टमा गोली हानी र २ जनाको कार शो रुममा गोली हानी हत्या भएको थियो ।

घाइते मध्ये तीन जनाको अवस्था पनि गम्भिर रहेको र गोली हानेका युवा फरार रहेका छन् । फरार व्यक्तिको व्यापक खोजी भइरहेको छ ।