हजुरआमा, आमा र बहिनिको हत्या गर्ने जापानी पक्राउ

Posted on: May 03, 2016 | views: 472

१० बैशाख, टोकियो ।
एक पुरुषले जापान शिजुओकामा आफ्नै हजुरआमा, आमा र बहिनिको विभत्स हत्या गरेका छन् ।

एकै परिवारका ३ जनाको हत्या गरेका ति व्यक्तिको आक्रमणबाट अर्का एक घाइते भएका छन् ।

यसरी आफ्नै परिवारका ३ सदस्यको हत्या आरोपमा स्थानिय योशिताका पक्राउ परेका छन् ।

जापान प्रहरीका अनुसार ३१ वर्षीय ति व्यक्तिले ८३ वर्षीय हजुरआमा, ६२ वर्षीय आमा र ३२ वर्षीय बहिनीको हत्या गरेका हुन् ।

हत्यापछि घटनास्थलबाट भाग्दै गरेका उनलाई जापानी प्रहरीले घटनास्थलदेखी ४ किलोमिटर टाढा फेला पारेको र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

हत्याको कारण र हत्या गर्ने पुरुषको अवस्थाका बारेमा केही खुलाइएको छैन ।