इक्वेडरमा भूकम्पले मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

Posted on: May 03, 2016 | views: 317

९ बैशाख, एजेन्सी ।
७.८ रेक्टर स्केलको शक्तिशालि भूकम्पमा परि इक्वेडरमा मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।

ईक्वेडर सरकारले आधिकारीक रुपमा बुधवार मृत्यु हुनेको संख्या ५ सय २५ पुगेको बताएको छ ।

भूकम्पमा परि अझै पनि भत्किएका संरचना भित्र सयौं जना हराईरहेको बताइन्छ ।

गत शनिवार गएको भूकम्प पछि संकटमा परेको ईक्वेडरको राजधानी सहितका क्षेत्रमा हिजो बुधवार पुन ६.२ रेक्टर स्केलको शक्तिशालि भूकम्प गएको छ ।

पहिलो भूकम्पको झड्का र विपदपछि आश्रयस्थलहरुमा बसेकाहरु हिजोको अर्को शक्तिशालि भूकम्पपछि थप त्रसित बनेका छन् ।

तर हिजोको भूकम्पले यसअघि क्षति पुर्याएका भवन बाहेक अन्यत्र मानविय क्षति भएको जानकारीमा नआएको ईक्वेडर सरकारले जनाएको छ ।