आप्रवासी चढेको डुंगा पल्टिंदा ५ सय जनाको मृत्यु

Posted on: May 02, 2016 | views: 393

७ बैशाख, एजेन्सी ।
आप्रवासी चढेको डुंगा पल्टिँदा भूमध्य सागरमा पाँच सय जनाको मृत्यु भएको छ ।

लिबियाको तटिय शहर टोब्रुकबाट इटाली छिर्न चढेको डुंगा भूमध्यसागरमा डुबेको उनीहरुले बताएका छन् ।

रातिको समयमा एक डुंगाबाट अर्को डुंगामा सर्ने क्रममा दुर्घटना भएको र पाँच सय भन्दा धेरैको ज्यान गएको बाँच्न सफल ४१ जना आप्रवासीले बताएका छन् ।

यो दुर्घटनामा बाँच्न सफल हुनेमा इथियोपिया, सोमालिया, सुडान र इजिप्टाका नागरिक छन् ।

ज्यान जानेमा पनि यही देशका धेरै रहेको बताइएको छ । बाँच्न सफल भएका आप्रवासीहरुले ग्रिसको दक्षिणी शहर कालामाटामा ह(न सर्m कसिरनदेमन टज् ।

डुंगा दुर्घटनामा परेर बाँचेकाले पाँच सय भन्दा धेरैको ज्यान गएको बताएपनि त्यसको आधिकारिक पुष्टी हुन बाँकी छ ।

धेरै आप्रवासीले लिबियाबाट इटाली पुग्न भूमध्ये सागरको जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गर्ने गरेका छन् । मानअधिकारकर्मीले भने लिबियाको तटिय शहर टोब्रुकबाट झण्डै दुई सय ४० आप्रवासी इटलिका लागि गएको बताएका छन् ।

तर इजिप्टको कायरोमा रहेको सोमालियाको दूतावासले ज्यान जानेको संख्या चार सय भन्दा धेरै हुन सक्ने जनाएको छ ।

यो वर्षमात्र अहिलेसम्म एक लाख ८० हजार भन्दा धेरैले समुद्री मार्ग भएर युरोप जान खोजेको र त्यसक्रममा ८ सय जनाको ज्यान गएको राष्ट्रसंघले बताएको छ ।