इक्वेडरमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४१३ पुग्यो

Posted on: May 02, 2016 | views: 289

७ बैशाख, एजेन्सी ।
७.८ रेक्टर स्केलको शत्तिःशाली भूकम्पमा परि इक्वेडरमा मृत्यु हुनेको संख्या ४ सय १३ पुगेको छ ।

गत शनिबार इक्वेडरमा गएको भूकम्पका कारण भत्किएका भवन तथा अन्य भौतिक संरचनामा पुरिएकाको खोजी तथा उद्दारको क्रममा मृत्यु भएका थप शवहरु प्रप्त भएको इक्वेडर सरकारले जनाएको छ ।

भूकम्पका कारण दुई हजार भन्दा धेरै मानिस घाइते भएका छन् । ७० वर्षयता भएको यो नै सबैभन्दा ठूलो विपद रहेको इक्वेडरका राष्ट्रपति राफेल कोरिएले बताएका छन् ।

भूकम्पका कारण भएको भौतिक क्षतिको पुनर्निर्माणमा अर्बौं खर्च लाग्ने भएपनि त्यो बनाउन सकिने तर मानवीय क्षति कुनै पनि हालतमा परिपुरण गर्न नसकिने उनको भनाई छ ।