भूकम्पमा इक्वेडरमा २७०, जापानमा ४२ जनाको मृत्यु

Posted on: May 02, 2016 | views: 284

६ बैशाख, एजेन्सी ।
एकसाताको बिचमा आएको तीन शक्तिशालि भूकम्पमा परि जापानमा ४२ र इक्वेडरमा कम्तिमा २ सय ७० जनाको मृत्यु भएको छ ।

ल्याटिन अमेरिकी देश इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २७० भन्दा बढी भएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी कम्ती दुई हजार पाँच सय व्यक्ति घाइते भएका छन् ।

भवन भग्नावशेषमा कैयौ व्यक्ति पुरिएर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

राजधानी क्विटोबाट १ सय ६० किलोमिटर टाढा  रहेको म्युसिनी सहरलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पको जमिनसतहबाट १९ किलोमिटर गहिराईमा रहेको थियो ।

यस भूकम्पबाट तटीय सहरका भवन, पसल र होटेलहरु गरी करिब २ लाख वटा ध्वस्त तथा क्षतिग्रस्त भएको बताइएको छ । भूकम्पपछि इक्वेडर सरकारले राष्ट्रव्यापी रुपमा सङ्कटकाल घोषणा  गरेको छ ।

ज्वालामुखी विस्फोट र भूकम्पीय सम्भावना अधिक रहेको इक्वेडरमा शक्तिशाली भूकम्पपछि ठाउँठाउँबाट सुनामी छाल उठ्ने सम्भावना रहेको समेत बताइएको छ ।

यसैगरि जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुगेको छ । जापानको क्युशु र कुमामोतो क्षेत्रमा गएको भूकम्पमा परि मृत्यु भएका ४२ जनाको शव प्राप्त भएको जापानी अधिकारीहरुले बताएका छन् ।

भूकम्पमा परि अझै केही बेपत्ता रहेको बताइएपनि यकिन जानकारी अझै प्रप्त नभइसकेको जापानी अधिकारीहरुले बताएका छन् ।

जापानको कुमामोतो र क्युसु क्षेत्रमा दुई निको फरकमा तीन शक्तिशालि धूकम्प गएको थियो ।

कुमामोतो क्षेत्रमा ६.४ र क्युसु क्षेत्रमा ७.३ रेक्टर स्केलको दुई कम्पन जाँदा क्रमश ९ र ३२ जनाको मृत्यु भएको छ ।

भूकम्पमा कारण अर्बौंको क्षति भएको छ भने रेल सेवा अवरुद्ध हुनुका साथै केही स्थानमा खानेपानी र खाद्यान्नको समे अभाव भएको र सरकारले वितरणको लागि सक्दो प्रयास गरिरहेको बताएको छ ।

जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४१ पुग्यो (अपडेट)