जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४१ पुग्यो (अपडेट)

Posted on: May 02, 2016 | views: 750

मदन पाठक-४ बैशाख, टोकियो ।
जापानमा गएको शक्तिशालि भूकम्पमा परि मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

जापानको प्रतिरक्षा मन्त्रालयले शनिवार साँझ आधिकारीक रुपमा क्युशु र कुमामोतोमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ४१ पुगेको जनाएको हो ।

बिहीवार गएको ६.८ रेक्टर स्केल र शनिबार गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पमा परि जापानमा ४१ जनाको मृत्यु भएको छ ।

पहिलो भूकम्पमा परि कम्तिमा ९ जना र दोस्रो शक्तिशालि भूकम्पमा परि कम्तिमा ३२ जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यम एनएचकेले उल्लेख गरेको छ ।

पहिलो ६.८ रेक्टर स्केलको भूकम्प क्युसु र दोस्रो ७.१ रेक्टर स्केलको दुई वटा भूकम्प कुमामोतो क्षेत्रमा गएको थियो ।

भूकम्प पछि करिव २ हजार व्यक्ति घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको छ । यस्तै एक लाख बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् ।
प्रभावितहरुलाई जापान सरकारले विभिन्न अस्थाई शिविरहरुमा राखेको छ ।


 

 

जापानका भूकम्प प्रभावितलाई सहयोग गर्न एनआरएन र राजदूत सम्मिलित समिति गठन

जापानमा ७.३ को शक्तिशालि भूकम्प, मृत्यु संख्या १२ पुग्यो (फोटो/भिडियो)