जापानमा आधाशताब्दी यताकै बढी मानव तस्करी

Posted on: May 02, 2016 | views: 246

८ फागुन, टोक्यो ।
जापानमा विभिन्न बहानामा मोटो रकम असुलेर मानव तस्करी गर्ने क्रमले रेकर्ड तोडेको छ ।

जापानी प्रहरीका अनुसार विगत ४९ बर्ष यताकै बढी तस्करी सन् २०१४ मा भएको छ ।

एक सर्वेक्षण अुनसार यसरी मानव तस्करीमा परेका मध्ये ४९ जनामा २८ फिलीपीनी, १३ जापानी र ८ थाई रहेका छन् ।

मानव तस्करहरुले यस मध्ये २६ जनालाई मनोरञ्जनका काममा लाग्न बाध्य बनाइएको थियो ।

यस्तै १८ जना वेश्यावृत्तिमा लगाइएको पाइएको छ ।

रोचक कुरा के भने त्यसरी यौन कृयाकलापमा लगाइएका महिलालाई सो काम गर्ने बाध्य बनाउन उनिहरुलाई घरेलु तथा निर्माण काममा कठिन परिश्रममा खटाइएको थियो ।