उत्तर कोरियाद्वारा पुनः अर्को मिसाइल परीक्षण 

Posted on: May 02, 2016 | views: 258

एजेन्सी,बैशाख ३ । उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्मदिनको अवसर पारेर उत्तर कोरियाले शुक्रबार पुनः अर्को मिसाइल परीक्षण गरेको  छ । लामो समयदेखि अमेरिकी नाकाबन्दीको मार खेपिरहेको उत्तर कोरियाले शुक्रबार विहानै मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्र संघ र अमरिकी नाकाबन्दीको कडा प्रतिकार गर्दै आएको उत्तर कोरियाले अमेरिकी दादागिरीबाट पछि नहट्ने अडान कायमै राखेको छ ।

उत्तर कोरियाले एकपछि अर्को मिसाइल परीक्षण गर्दै आएको छ । शुक्रबार किम उल सुङको सम्झना स्वरुप मिसाइल परीक्षण गर्न लागेको आशंका गरिएको भन्दै दक्षिण कोरियाली मिडियाहरुले विहीबार नै समाचार प्रशारण गरेका थिए । यसअघि पनि उत्तरको यस्तो आशङ्काका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन निर्देशन दिएका थिए ।

उत्तर कोरियाले पुनः अर्को शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि दक्षिण कोरियाले सतर्कता अपनाएको थियो । केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्को मध्यमदुरीको परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाले बिहीबार मात्र जनाएको थियो ।