पश्चिमा पछि आइएसद्धारा भारतमा आक्रमण गर्ने चेतावनी, सुरक्षा सतर्कता बढाइयो

Posted on: May 02, 2016 | views: 298

२ बैशाख, एजेन्सी ।
छिमेकी देशसँग दुस्मनी गाँस्दै कट्टरवादी मुश्लीमसँग समेत दुस्मनी बढाउँदै कट्टरवादी हिन्दुत्व अपनाइरहेको नरेन्द्र मोदी सरकारलाई अतिवादी ईश्लामिक संगठन आइएसले हायल कायल बनाइदिएको छ ।

अतिवादी ईश्लामिक संगठन आइएसले भारतिय हिन्दूलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएको छ । आइएसको धम्कीपछि भारतमा सुरक्षा सतर्कता अपनाइनुका साथै कुनैपनि बेला बम विस्फोट र आक्रमण हुनसक्ने डर बढेको छ ।

आइएसले उसको म्यागजिन ‘दाबिक’ मा भारतमाथि दोहोरो आक्रमण गर्ने चेतावनी समेत दिएको छ ।

बंगलादेशका आइएस प्रमुख शेख अबु इब्राहिम अल हसिफको अन्तवार्तामा सो म्यागजिनले प्रकाशित गरेको हो ।

उक्त म्यागेजिनमा  ‘आइएस भारत पाकिस्तान र बंगलादेशको सीमाबाट घुसपैठ गरी गुरिल्ला आक्रमण गर्ने छ ।’ उल्लेख गरिएको बताइएको छ ।

म्यागजिनमा हसिफले हिन्दुलाई खुल्ला चेतावनी दिंदै  भारतमा हिन्दुले मुस्लिम र इस्लाम विरोधी लडाइ गरेको भन्द्र हिन्दुहरु मुस्लिमको निसानामा रहेको बताएका छन् ।

इब्राहिमले बंगालमा तयार भएका जिहादीले भारतमा दोहोरो आक्रमण गर्ने चेतावनी दिएपछि भारतभर आइएस आक्रमणको खतरा बढेको छ ।