तानाशाह किम जोङद्वारा दक्षिण कोरियामा आक्रमणको तयारी

Posted on: May 02, 2016 | views: 561

एजेन्सी,फागुन ७ । उत्तर कोरियाका तानाशाह किम जोङ उनले दक्षिण कोरियामा आक्रमणको तयारी गर्न आदेश दिएको दक्षिण कोरियाको गुप्तचर एजेन्सीले दाबी गरेको समाचार छ। नेशनल इन्टिलिजेन्स सर्भिस (एनआईएस) ले सत्तामा रहेको पार्टी सेन्युरीलाई बिहिबार यो खतराको जानकारी दिएको हो।

‘किम जोन उनको आदेशमा उत्तर कोरियाली गुप्तचर एजेन्सीले साइबर र अन्य आक्रमणको तयारी सुरु गरेको छ।’, एनआईएसले भनेको छ। उत्तर कोरियाले दक्षिण कोरियामा धोका दिएर आक्रमण गर्ने गरेको इतिहास छ। सन् २०१० मा उत्तरले दक्षिण करिया विरुद्ध गोलीबारी गरेको थियो। तब ४ नागरिकले ज्यान गुमाएका थिए। त्यस्तै सन् १९८७मा एक दक्षिण कोरियाली यात्रु वहाक विमानमा आक्रमण गरि ११५ मानिसको ज्यान लिएको थियो।

एनआईएसले चेतावनी दिएको छ कि उत्तर कोरियाले प्योंगयांग विरोधी साथै सरकारी कर्मचारीलाई टारगेट बनाउने छ। यता अमेरिकी राष्ट्रपति बाराक ओबामा उत्तर कोरिया माथी प्रतिबन्ध लगाउने बलिमा छिट्टै हस्ताक्षर गर्ने भएका छन्।