६.८ रेक्टरको शक्तिशाली भूकम्प,काठमाडौंमा पनि धक्का महसुस

Posted on: May 02, 2016 | views: 418

एजेन्सी,चैत २८ । अफगानिस्तानको हिन्द कुश पर्वत श्रृंखलालाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली गएको हो । नेपाली समय अनुसार ४ बजेर १६ मिनेटमा गएको ६.८ म्याग्निच्यूडको भूकम्पको गएको अमेरिकी भूगर्भ अध्ययन केन्द्रले उल्लेख गरेको छ। भूकम्पको केन्द्र उत्तरपश्चिम पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेकोले अफगानिस्तान, पाकिस्तान, भारतको उत्तरी भाग र नेपालमा समेत महसुस भएको थियो । पृथ्वीको सतहबाट एक सय ९० किलोमिटर भित्र गएको भूकम्पले भएको मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन ।  भारत र पाकिस्तानमा यो भूकम्पको धक्का करिब २ देखि ३ मिनेटसम्म महसुस भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । 

यो भूकम्पको धक्का भारतका उत्तरी राज्यहरु जम्मु काश्मिर, उत्तराखण्डसहित राजधानी दिल्लीमा समेत महुसस भएको थियो । त्यसैगरि राजस्थान, चण्डीगढ, उत्तरप्रदेश, हरियाणा र पञ्जावमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्कापछि नयाँदिल्लीमा रेल सेवासमेत रोकिएको छ ।