पाकिस्तान लाहोरमा आत्मघाती बम विस्फोट, कम्तिमा ६० जना मारिए

Posted on: May 03, 2016 | views: 327

१४ चैत, लाहोर ।
पाकिस्तानको लाहोर शहरमा भएको एक आतंकवादी आत्मघाती बम हमलामा परि कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

पाकिस्तान लाहोरको गुलशन ए इकबाल पार्कमा बम विस्फोट भएको बताइएको छ । बम विस्फोट गराएका एक व्यक्तिले १० किलो ग्रामको बम आफ्नो कम्वरमा बेरेर आत्मघाती बम विस्फोट गराइएको बताईएको छ ।

आत्मघाती बम आक्रमणमा परि महिला र बच्चा केटाकेटीहरु बढी मारिएको बताइएको छ । पाकिस्तानी समाचार संस्थाहरुले उल्लेख गरे अनुसार पारिवारिक जमघट बढी भएको समयमा भएको उक्त आक्रमणपछि त्यस आसपासको क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।

अहिलेसम्म आक्रमणको कसैले जिम्मवारी लिएको छैन । यद्यपी यसअघि जस्तै अफगान तालिवानले घटना गराएको ठानिएको छ ।