पहिरोले दुई बस पुरि : अहिले सम्म देशभर ४६ को मृत्यु

Posted on: August 14, 2017 | views: 735

हिमाचल प्रदेशको मन्डी जिल्लामा यात्रीले खचाखच भरिएका दुई बस पहिरोले पुरिदाँ कम्तीमा ४६ को मृत्यु भएको छ ।

अधिकारीका अनुसार घटना आइतबार मन्डी–पठानकोट नेशनल हाइवे नजिकैको कोटपुरीमा भएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार लगातारको वर्षाका कारण पहिरो गएको हो ।

पहिरोले भारी नोक्सानीः

खोजी अभियानमा एनडीआरएफको मद्दतका लागि सेनालाई पनि बोलाइएको छ । खबरका अनुसार पाँचजनालाई गम्भीर चोट लागेको अवस्थामा उद्दार गरिएको छ ।

जुलाईदेखि सेप्टेम्बरका बिच भारतको पहाडी इलाकामा भूस्खलनको घटना सामान्य हो । हिमाचल प्रदेशको राजधानी शिमलामा करिब २ सय किलोमिटर सडकमा पहिरोले क्षती पुर्याएको छ । थुप्रै घर र वाहनमा पनि क्षती पुगेको छ ।

मोदीद्वारा दुःख व्यक्तः

अधिकारीका अनुसार मृत्युको आँकडा बढ्न पनि सक्छ किनभने थुप्रै मानिस अहिलेसम्म हराइरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयबाट यस सम्बन्धि ट्वीट गरेर दुःख व्यक्त गरिएको छ ।

परिवारलाई पाँच लाखको मद्दतः

पीटीआईका अनुसार मुख्यमन्त्री वीरभद्र सिंहले घटनाप्रति समवेदना जताउँदै घाइतेको उपचार खर्च सरकारले उठाउने बताएका छन् ।

स्वास्थ्यमन्त्री कौल सिंह ठाकुरले मृतकका परिवारलाई चार लाख रुपैयाँ सहायताको घोषणा गरेका छन् भने परिवहनमन्त्री जीएस बालीले मृतकका परिवारलाई एक लाख भारुको सहायता हिमाचल प्रदेश सडक परिवहन निगमको तर्फबाट दिइने बताएका छन् ।

मनसुनको वर्षाले भारतका २० राज्यमा लाखौंलाई प्रभावित गरेको छ । - बीबीसी