किन भए सलमान खान अदालतमा उपस्थित

Posted on: August 05, 2017 | views: 398

जोधपुर। बलिउड अभिनेता सलमान खान शुक्रबार जोधपुर जिल्ला अदालतमा हाजिर भएका छन् । अवैध हतियार राखेको मुद्धामा उनी अदालतमा हाजिर भएका हुन् । 

सलमान खानका वकिल हस्तिमल सरस्वतले जनाएअनुसार अदालतले खानसँग २० हजार रुपैयाँ धरौटी मागेको थियो । यस मुद्धाको अर्को सुनुवाई अक्टुबर पाँचमा हुनेछ । शुक्रबार मुद्धाका बारेमा बहस नभएको र धरौटी मात्रै बुझाइएको खानका वकिलले जनाएका छन् । 

खानलाई सन् १९९८ मा बिना लाइसेन्सको पेस्तोल राखेको र हरिण मारेको अभियोग लागेको छ ।  - APF