नागरिक समाज, फोहर र बैण्डबाजा

Posted on: March 30, 2017 | views: 346
रनि विवश : केही दिन अघि भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डाागीको सरुवा भएपछि बजारमा फूलमाला लगाएर बैण्डबाजा सहित विदाई गरियो । १० महिना अघि नगरपालिका आएका कार्यकारी अधिकृत डाँगीले बजार क्षेत्रमा गरेको सफाई र विकास निर्माणमा पुगाएको योगदानका लागि नागरिक अभिनन्दन स्वरुप बाजागाजा सहित विदाई गरिएको थियो । यद्यपि कार्यालयको खाता बन्द भएकाले उनी सरुवा गरिएको कार्यालय जान ढिलो भएका छन् । भीनपाका कार्यकारी अधिकृत डाँगीलाई महेन्द्रनगरमा जुन स्तरको समान्न दिइयो, महेन्द्रनगर बजार बने पछि सरकारी कर्मचारीलाई दिइएको यो नागरिक स्तरको सबै भन्दा ठूलो सम्मान हो । प्रहरी र जनता सम्बन्ध सुधारका लागि स्थापना गरिएको सामुदायिक सेवा केन्द्र र नागरिक समाजले विदाई कार्यक्रम गरेको थियो । कार्यकारीको विदाई पछि मुख्यत: दुई ओटा प्रश्न उब्जिएका छन् । पहिलो हो, कार्यकारीले भव्य स्वागत पाउने गरी के कार्यक्रम गरेका थिए ? दोस्रो सबै स्वागत नगरपालिकाकै खर्चबाट किनिएका त होइनन् ? बाहिर सफा देखिएको भीमदत्त नगरपालिकाको पछाडि फोहरको थुप्रो लागेको छ । धेरैले यो थुप्रो देखेका छन, तर वास्ता गरेका छैनन् । पछिल्लो १० महिनामा बजार जति सफा भयो, कार्यालय बाहिर जति फोहर थुप्रियो, कार्यालय भित्र ऐन नियम मिचेर थुप्रै आर्थिक बेथिति गरिएका छन् । ती बेथिति विरुद्ध अख्तियारमा उजुरी परेका छन् । ती सबैको वेवास्ता गर्दै बेथितिहरुको समर्थनमा महेन्द्रनगरको सडकमा फूलमाला र बैण्डबाजा बजाएर विदाई गरिएको छ । यसले महेन्द्रनगरको समाज सुशासन र पारदर्शिताको विपक्षी भएर बेथितिको सहयोगी बनेको प्रष्ट पारेको छ । व्यक्तिगत फाइदाका लागि भए पनि बेथितिलाई सम्मान गरिनु समग्र समाजको लज्जाको विषय हुनेछ । गणतन्त्र घोषणा पछि २०५६ मा भीमदत्त हुनु अघि यो नगरपालिका महेन्द्रनगर थियो । यो नगरपालिकामा २०५२ देखि फोहर मैला व्यवस्थापन गर्न डम्पिङ्ग साइड खोजी गरिएको छ । अहिले सम्म फोहर व्यवस्थापनका लागि स्थान समेत पत्ता लगाउन सकिएको छैन । १० महिना अघि कार्यालय आएका कार्यकारी अधिकृत डाँगीले विशेषत: बजार क्षेत्रमा साँझ विहान आएर नगर वासिन्दा सित सहकार्य गरी सरसफाई गरे । बजारको फोहर उठाएर कार्यालयको पछाडि लगे, त्यो फोहर लगेर भुजेलाको खोलामा फाले । भगतपुरको पत्थरपुरमा फाल्दा कार्यालयका गाडी स्थानीयले नियन्त्रणमा लिए । वस्ती नजिक डम्पिङ्ग साइड बनाउन खोजे पछि तिलाचौरमा स्थानीयले कर्मचारीलाई लखेटे । १० महिनाको यो सबै भन्दा ठूलो उपलब्धिका आधारमा नागरिक अभिनन्दन सहित विदाई गरिएको हो । बाहिर सफा देखिएको भीमदत्त नगरपालिकाको पछाडि फोहरको थुप्रो लागेको छ । धेरैले यो थुप्रो देखेका छन् । तर वास्ता गरेका छैनन् । पछिल्लो १० महिनामा बजार जति सफा भयो, कार्यालय बाहिर जति फोहर थुप्रियो, कार्यालय भित्र भित्र ऐन नियम मिचेर थुप्रै आर्थिक बेथिति गरिएका छन् । ती बेथिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन् । ती सबैको वेवास्ता गर्दै बेथितिहरुको समर्थनमा महेन्द्रनगरको सडकमा फूलमाला र बैण्डबाजा बजाएर विदाई गरिएको छ । यसले महेन्द्रनगरको समाज सुशासन र पारदर्शिताको विपक्षी भएर बेथितिको सहयोगी बनेको प्रष्ट पारेको छ । व्यक्तिगत फाइदाका लागि भए पनि बेथितिलाई सम्मान गरिनु समग्र समाजको लज्जाको विषय हुनेछ । नगरपालिकाको १० महिने बेथितिको सुरुवात दुई वर्ष पूरानो भुक्तानीबाट सुरु भएको थियो । सम्झौता अनुसार काम हुने र असार मसान्तमा सम्झौता अनुसार नसकेपछि म्याद थप वा धरौटी जफत गरी नयाँ प्रक्रियामा जानु पर्ने हुन्छ । कुनै पनि प्रक्रियामा अपनाएर डेढ करोड बढीको पूरानो भुक्तानी गरिएको हो । सम्झौता अनुसार कामै सुरु नभएका योजनाको म्याद थप गरिएको छ । नयाा आर्थिक वर्षको सुरुवातमै पााच लाखका गोप्य कोटेशन गरिएका छन् । गोप्य कोटेशनमा वनबासाबाट धमिरा मार्ने औषधि ल्याइएर कार्यालयमा छर्किएको छ । उपभोक्ता समितिबाट गर्न सकिने कामलाई प्याकेज बनाएर ठेक्कामा दिइएको छ । यति मात्र होइन, ऐन नियम मिचेर दलहरुलाई २० लाखको ग्राभेलको ठेक्का दिइएको छ । लिलामका लागि तीन पटक सूचना प्रकाशित गरिएको गाडी मर्मत गरी सञ्चालन गरिएको छ । कार्यालय प्रमुख विदा बसेको दिनमा समेत कार्यालयको गाडी दाङ्गमा खडा छ । अनि अधिकांश कर्मचारी जिम्मेवारी विहीन बनाएर कार्यालयभित्र आपशी वैमनस्या र तिक्तता उब्जाइएको छ । यो भन्दा पनि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सहितको एशियाली विकास बैंकको दुई अर्बको कार्यक्रम अलपत्र परेको छ । यी सबै बेथितिको बचाऊ गर्दै बैण्डबाजा बजाउने नागरिक समाजको ध्यान अब यता पनि पुग्ने होला कि ? शाही कालमा स्याङ्जाका महेन्द्रमान व्यथित महाकाली अञ्चल प्रमुख भएर आए । कर्मचारीलाई कोट देखि टोपी लाउन सम्म कडाई गरे । बजारका वासिन्दामा प्रभावका लागि अञ्चल कार्यालयमा ट्युसनसम्म पढाए । आखिर व्यथितका ती सबै हर्कत धेरै दिन टिक्न सकेन । त्यत्ति बेला पनि उनका लागि यस्तै भव्य स्वागत गरिएका थिए । भीमदत्त नगरपालिकामा आर्थिक बेथिति भएको नौलो होइन, फरक यति हो, कोही लखेटेर गए, कोही बैण्डबाजा बजाउन लगाएर जादैछन् । दुई दशक अघि कार्यालयका धुव्र बहादुर कार्कीलाई राजनीतिक दलका नेताहरुले विजुलीको चिम खरिदमा अनियमितता गरेको आरोपमा लखेटेका थिए । त्यो बेलाका प्रमुख कार्की पनि बजारका वासिन्दाको मुटुमा बसि बसेका थिए । फरक यति छ, त्यो बेला दलहरु बेथिति विरुद्ध लागे, अहिले केही दलहरुले त्यसमा मौन साथ दिएका छन् । अल्पसंख्यक विवेकशिल नागरिक पनि बहुमतको बैण्ड बाजा हेरेर अन्यौलमा परेका छन् । जनताको करबाट तलब खाने कर्मचारीले मैले हात धुन सिकाए, फोहर उठाउन सिकाए, केही जनान्ने रहेछन् भन्दा पनि प्रतिक्रिया विहीन हुन पुगेका छन् । विवकेको सही प्रयोग गर्न पर्ने ठाउामा नागरिक समाजका नाममा फैलिएको बेथितिलाई सहयोग विरुद्ध चुप बसे नगरको भविष्य दशकौं पछि जानेमा दुई मत छैन । नगरपालिकामा कार्यालय प्रमुख आउदैन, महाकाली अञ्चल अस्पतालमा डाक्टर बस्दैनन् । यी सबै त्यहाका कर्मचारीले गर्दा भएका हुन् । हाकिम त बस्दैनन, ती कर्मचारी पनि नबसे ती कार्यालयको हालत के होला हामीले सोचेकै छैनौ । आखिर नगरपालिकामा हाकिम कहिले नबसेका हुन् र ? प्रदिप राज अधिकारी २६ महिना वसेर गए । उनी उमेरले सबै भन्दा कान्छा थिए । त्यसपछि आएका लोक बहादुर सुनार पनि बसेर गए । बिचमा आएका काजमा आए, त्यसपछि गए । सरकारी कर्मचारी भएपछि भीमदत्तमा मात्रै होइन, देशभर जहा पनि जानु पर्छ । अनि अस्पतालमा डाक्टर आउदैन, त्यो कर्मचारीका कारण नआएका होइन्, डाक्टर भए पछि धेरै कमनाउन नसकिने भएपछि कर्मचारीलाई आरोप लगाएका हुन् । डाक्टरी पढेर सेवा गर्छु भन्ने भावना लिएर म यो ठाउमा जान्छु, त्यो ठाउामा जान्छु भनेर हुन्छ, जता गए पनि विरामीको सेवा गर्ने हो भन्ने भावना हुनु पर्छ । यस्तो भावना हुने वित्तिक्कै कुनै पनि डाक्टर स्वास्थ्य मन्त्री गगन थापाको साथी भएर डडेल्धुराको टीम अस्पताल सरुवा हुदैन, स्त्री रोग विशेषज्ञले थापाथली प्रसूती गृह सरुवा गर्नु पर्दैन । समस्याको कारण पत्ता नलगाएर भीमदत्त र अस्पतालका कर्मचारीलाई दोषी देख्दै गयौ भने कहिल्यै पनि हल निस्कदैन । भीमदत्त नगरपालिका बारे पछिल्ला १० महिनामा आएका प्रतिक्रियाहरु रोचक र घतलाग्दा छन् । कार्यालय प्रमुखले खाए पनि के भयो, बजारमा केही त गरेको छ , अहिले सम्मका केही नगरी खाएका थिए त । त्यहाा नखाने को छ र ? यी र यस्ता प्रतिक्रियाले स्थानीय शासन स्वायत्त ऐन अनुसार बनेको स्थानीय सरकार प्रतिको अविश्वास प्रष्ट देखिएको छ । समाज नै बेथितिको पक्षमा उभिएपछि दुई वर्षका लागि आउने प्रमुखलाई पनि सहयोग नै पुग्छ । उसो त २०५९ मा स्थानीय निकाय जनप्रतिनिधि भएपछि प्रमुखले बागडोर सम्हाल्दै आएका स्थानीय निकायका बेथितिबारे सबै जानकार छन् । अब त संविधानको नयाँ संरचना अनुसार स्थानीय निकाय स्थानीय तह भएकाले ती बेथिति कम हुने आशा गरिएको छ , त्यसका लागि बैशाख ३१ को चुनाव हुनै पर्छ । वैशाख ३१ गते चुनाव नभए नागरिक समाजले अहिले देखि अर्को प्रमुखलाई सम्मान गर्नका लागि माला तयार गरेर राखे हुन्छ । (लेखक कञ्चनपुरका पत्रकार हुन् ।)