थबाङ महाधिवेशनका ४ आयाम – खेम थपलिया

Posted on: March 02, 2017 | views: 512

ऐतिहासिक कार्यहरू जनतासँग सम्बन्धित हुन्छन् । माक्र्सवाद–लेनिनवाद–माओवादमा दृढतापूर्वक उभिँदै व्यापक जनसमूहसहित सर्वहारा क्रान्तिकारी आन्दोलनको पक्षमा सङ्घर्षलाई दृढतापूर्वक उठायौँ भने मुट्ठीभरका दलाल पुँजीवादी तथा प्रतिक्रान्तिकारीहरूको लज्जाजनक र दर्दनाक पराजय अवश्यम्भावी छ । यही अवश्यम्भावितालाई थबाङ महाधिवेशनले आत्मसात गरेको छ ।

देशले विकल्प खोजिरहेको छ, नेकपाले विकल्प दिएको छ । ठोस परिस्थतिको ठोस विश्लेषण गर्दै थबाङ महाधिवेशनले सांस्कृतिक क्रान्तिको आरम्भ गरेको छ । थबाङ महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनको विघटन र विघटनको प्रक्रियालाई रोक्ने उपाय सुझाएको छ । थबाङ महाधिवेशनले साम्राज्यवादको चिहान खन्ने प्रक्रिया सुरु गरेको छ । यसले नेपालमा उत्पीडित नेपाली जनता र दलाल पुँजीवादीहरूबीचमा मुख्य अन्तर्विरोध रहेको निष्कर्ष निकालेको छ । यसले हकिन्सले भनेजस्तै विज्ञानको तुलनामा दर्शनमा विकास भन्ने कुरालाई निकै गहिराइका साथ आत्मसात गरेको छ । वास्तवमा थबाङ महाधिवेशन क्रान्तिकारी कम्युनिस्टहरूको महा–विश्वविद्यालय बनेको छ ।

यसले क्रान्तिको न्युनतम आधार खडा गरेको छ । नयाँ जनवादी क्रान्ति हुँदै समाजवादी क्रान्ति गर्ने कुरा स्यालको सिकार गर्न जाँदा बाघको तयारीसित सम्बन्धित छ । थबाङ महाधिवेशनले २ वर्षअघि पार्टीको पुनर्गठनको प्रक्रियालाई पूर्णता दिएको छ । यसले छलफलमा स्वतन्त्रता र र काम–काबाहीमा एकरूपतामा जोड दिएको छ । यसले सिद्धान्त र व्यवहारबीचको नङ र मासुको सम्बन्धमाथि जोड दिएको छ ।

भनिन्छ, कम्युनिस्टहरू वैज्ञानिक हुन् । उनीहरू नयाँ नयाँ आविष्कार गरिरहन्छन् । यो कुरा सही हो । लेनिनले भनेका छन्, “पार्टीको लक्ष्य, उद्देश्य, रणनीतिप्रति अविशवास गर्नु कायरता हो । थबाङ महाधिवेशनका यस्ता कायता पराजित भभएको छ । संशोधनवादले अज्ञानताको गुँडमा अन्डा कोरल्छ भन्ने कुरालाई गहिराइका साथ मनन गर्दै संशोधनको शिरोच्छेदन गर्ने प्रयास गरेको छ । युद्ध विचारले जितिने कुराको निष्कर्ष पनि थबाङ महाधिवेशनले गरेको छ ।
निष्कर्ष

हामीले जनतालाई जगाउनुपर्छ, हामीले पार्टीको विश्वासमाथि चिसो पानी खन्याउनुहु“दैन । हामीले महान् सफलता हासिल गर्न कदम चाल्नुपर्छ । हाम्रो सङ्घर्षशीलतालाई जारी राख्नुपर्छ । क्रान्तिका लागि सम्पूर्ण कमरेडहरू दिलोज्यान दिएर लाग्नुपर्दछ । दलाल पुँजीवादी सत्ता जसरी आउँछ, त्यहीअनुरूप सङ्घर्ष गर्ने मानसिकता थबाङ महाधिवेशनले बनाएको छ । नयाँ जनवादी क्रान्तिका साथ वैज्ञानिक समाजवादी क्रान्ति गर्ने दिशामा अघि बढ्ने प्रतिवद्धता थबाङ महाधिवेशनको आधाारभूत कुरा हो ।

क्रान्तिकारी व्यवहारलाई उच्चतामा विकास गर्दै गाउँका भोका–नाङ्गा गरिब किसानहरूसँग, सहरका अपहेलित मजदुरहरूसँग एकाकार भएर क्रान्तिलाई, एकीकृत जनक्रान्तिले देखाएको बाटोमा डोहो¥याउने प्रतिवद्धता थबाङ महाधिवेशनले गरेको छ । मध्यमवर्गमा रहेको क्षमता र परिवर्तनप्रतिको हुटहुटीलाई क्रान्तिको पक्षमा अधिकतम उपयोग गर्न पार्टी तयार रहेको छ । देशभक्त, राष्ट्रवादी, प्रगतिशील शक्तिहरूका बीचमा फराकिलो क्रान्तिकारी सम्बन्धको विकास गरेर सङ्घर्षलाई चर्काउन सकिने विश्वास पनि थबाङ महाधिवेशनले गरेको छ । क्रान्तिकारी रूपान्तरणसहित सबैखाले संशोधनवाद तथा सारसङ्ग्रहवादका विरुद्ध लडाइँको मौलिकताको विकास गर्न क्रान्तिकारीहरू एकढिक्का भएर उत्साह, साहसका साथ क्रान्तिकारी व्यवहारमा उत्रने प्रतिबद्धता पनि थबाङ महाधिवेशनको रहेको छ ।

अन्ततः त्यो प्रतिक्रियावादीहरूको कार्यनीतिका अगाडि आफूलाई असहाय भएको महसुस गर्छ र त्यसकै वरिपरि सहयोगी बन्दै लम्पसार हुन पुग्दछ । नेपालमा प्रचण्ड–बाबुरामको आज अवस्था त्यही हो । अहिले पनि नेपालमा कथित लोकतान्त्रिक संसदीय व्यवस्थाको कार्यनीतिको माध्यमबाट माओवादी आन्दोलनलाई संसदीय महाजालमा फसाउन प्रतिक्रियावादीहरूले ठूलो षड्यन्त्र गरिरहेका छन् । चकाचौध गर्दै आइरहेको भूमण्डलीकृत साम्राज्यवादका विरुद्धको सङ्घर्ष कठीन छ तर त्यसका विरुद्ध सङ्घर्ष गर्नुको कुनै विकल्प छैन । सङ्घर्षको स्तरअनुसार नै क्रान्तिकारी व्यवहारको विकास हुन्छ । वर्गसङ्घर्षको तीव्रतासँगै क्रान्तिकारी व्यवहारको विकास गर्नु थबाङ महाधिवेशनले आफ्नो जिम्मेवारी ठानेको छ ।

नेपालमा साम्राज्यवादी इशारामा देशीय दलाल तथा प्रतिक्रियावादी तत्वहरूले जनतालाई भ्रम दिएर शोषणको चक्रलाई निरन्तर घुमाइरहन आफ्ना नयाँ–नयाँ कार्यनीतिहरू बदलिरहेका छन् । जब दलाल तथा प्रतिक्रियावादीहरूले लुट र शोषणका नाङ्गो कार्यनीतिका ठाउँमा नयाँ आबरणमा भिन्न कार्यनीति अपनाउँछन्, तब कम्युनिस्ट आन्दोलनभित्रको निम्न–पुँजीवादीको एक हिस्सा अन्यौल र अकर्मण्यताको सिकार बन्न पुग्दछ ।
४. सङ्घर्षबारे

तअ ३. कुन–कुन वर्गलाई सङ्गठित गर्ने ?ूकुन–कुन वर्गलाई सङ्गठित गर्ने ? कुन कुन वर्गलाई दबाउने ? यो सङ्गठनात्मक जीवनको मूलभूत प्रश्न हो । हामीले मजदुर, किसान, मध्यम–वर्ग र देशभक्त राष्ट्रिय शक्तिलाई समेट्नुपर्छ । हामीले बुद्धिजीवी, वैज्ञानिक, इन्जिनियर र प्राविधिज्ञ, प्राध्यापक, लेखक, कलाकार, चित्रकार, स्वास्थ्यकर्मी र पत्रकारहरूसित हात मिलाउनैपर्छ । जनताका बीचमा जनवादको अभ्यास गर्दै जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्वहरूलाई जनवादी अधिनायकवादद्वारा दबाउन सक्ने सङ्गठनात्मक संरचना बनाउनुपर्दछ । व्यापक जनताको पक्षमा उभिनु माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत प्रश्न हो । प्राक्–क्रान्तिकारी अवधिमा नै क्रान्तिका आवश्यकताअनुरूप सङ्गठनात्मक संरचना बनाउनुपर्दछ । पार्टी शक्तिका अतिरिक्त आफ्ना संरक्षित शक्तिहरू, सहानुभूति राख्ने सङ्गठनहरू पनि बनाउनुपर्दछ । सबै जाग्ने र साम्राज्यवादी तथा प्रतिक्रियावादीहरूलाई लखेट्ने र संशोधनवादलाई थला पार्नेखालका सङ्गठनात्मक संरचना बनाइनुपर्दछ । यो कुरालाई थबाङ महासधिवेशनले आत्मसात गरेको छ ।  

दक्षिण एसियामा माओवादी आन्दोलनलाई घनीभूत गर्ने कुरा मननीय छ । हाम्रो दलाल पुँजीपतिवर्गमाथि विजय हासिल गर्नु र त्यसको हातबाट सत्ता खोस्नु मुख्य, निर्णायक र निर्देशक लक्ष्य हो । पुँजीवादी देशका कम्युनिस्ट पार्टीको सङ्गठनसम्बन्धी कामको निर्णायक तत्व त्यस्ता सङ्गठनहरू निर्माण गर्ने हुनुपर्दछ, जसले सत्तारूढ पार्टीहरूमाथि सर्वहाराक्रान्तिको विजयलाई सम्भव र सुनिश्चित दुबै बनाओस् भन्ने कुरामा थबाङ महाधिवेशन निकै गम्भीर बनेको छ ।

कम्युनिस्ट पार्टीका निम्ति सङ्गठनको रूप सर्वथा अचूक र अपरिवर्तनशील हुँदैन । सर्वहाराको वर्गसङ्घर्षका स्थितिहरू विकासका निरन्तर प्रक्रियामा हुने परिवर्तनका अधीन हुन्छन् र परिवर्तनअनुसार सर्वहाराको सङ्गठनले अनुकूल हुने रूपहरूको गरिरहनुपर्दछ । नेपालको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एक आयाम भएकोले सबै देशहरूमा कम्युनिस्ट पार्टीहरूको सङ्गठन निर्माणका निम्ति समान आधार तयार गर्न आधारभूत महत्व राख्ने भएकोले कम्युनिस्ट पार्टीले आ–आफ्नो सापेक्षतामा सङ्गठनात्मक संरचनाको विकास गर्नु आवश्यक छ ।

एकपटक लेनिनले भन्नुभएको थियो, “हामीलाई एउटा क्रान्तिकारी सङ्गठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौँ ।” यसबाट प्रमाणित हुन्छ कि क्रान्तिमा सङ्गठनको ठूलो भूमिका हुन्छ । दर्शन, सिद्धान्त, विचारलाई भौतिकी तागत भर्ने माध्यम नै सङ्गठन हो । लेनिनले सङ्गठनात्मक कामको मुख्य कार्यभार सक्षम कम्युनिस्ट पार्टी र तीअन्तर्गत रहेका सर्वहारा–क्रान्तिकारी आन्दोलनमा नेतृत्वदायी स्थान लिन योग्य निर्देशनकारी अङ्गहरूको सङ्गठन बनाउने कार्यलाई जोड दिनुभएको छ । पार्टीको सङ्गठनात्मक परिस्थितिहरू र कामका यसका आफ्ना उद्देश्य अनुकूल बनाइनुपर्दछ । कम्युनिस्ट पार्टीले क्रान्तिकारी वर्गसङ्घर्षका सबै स्थितिमा र समाजवादको स्थापना अर्थात् साम्यवादी समाजको पहिलो चरणको सङ्क्रमणकालमा अग्रदस्ता, सर्वहारावर्गको अग्रीम चौकी बन्नुपर्दछ भन्ने कुरामा लेनिनको निकै जोड थियो ।
३. सङ्गठनबारे

परिवर्तित जटिल परिस्थितिलाई चिरेर क्रान्तिकारी कार्यदिशामा अघि बढ्न पार्टी नेतृत्वसहित सिङ्गो पार्टी–पङ्क्तिमा अदम्य साहसको माग भइरहेको छ । नेतृत्व दुई तरिकाले गर्न सकिन्छ– एउटा असल, अर्को कमसल । कमसल नेतृत्व बुद्धू–लम्पटहरूको नेतृत्व हो भने असल नेतृत्व क्रान्तिकारीहरूको हो । वैज्ञानिक समाजवादी सत्ता ल्याउने सङ्घर्षमा बुद्धू–लम्पटहरूलाई पूरै निषेध गरिनुपर्दछ । नेतृत्वले तातेको फलामलाई तुरुन्तै आकार दिन सक्नुपर्दछ । वर्गसङ्घर्षलाई सही ढङ्गले अगाडि बढाउनाले नै महान् नेताहरू जन्मन्छन्, महान् विचारकहरू जन्मन्छन्, महान् विचारहरू जन्मन्छन् र फुल्छन् र तिनले परिस्थितिलाई सुवासित गराउँछन् ।

कम्युनिस्ट पार्टी भनेको नेताहरूको सङ्गठन हो । विश्व इतिहासमा महान् सङ्घर्षका लागि असल र सक्षम नेतृत्व अपरिहार्य हुन्छ । असल नेता हुन पार्टी आफैँसँग असल नेतृत्व हुनैपर्दछ भन्ने कुरामा लेनिनले जोड दिनुभएको छ । अधिकतम प्रहारशक्ति र सङ्घर्षको परिवर्तनशीलतानुसार कम्युनिस्ट पार्टी र यसका नेतृत्वदायी अङ्गमा आफूलाई अनुकूलन क्षमताको उचित संयोजन नै वर्गसङ्घर्षमा नेतृत्वको पूर्व–मान्यता हो । साथै, सफल नेतृत्वका निम्ति सर्वहारा जनसमूहसँग घनिष्टतम् सम्बन्ध एकदमै आवश्यक हुन्छ । नेतृत्व जनताको पछि–पछि हुनुहुँदैन ।

यो एकीकृत जनक्रान्तिले गरेको नेतृत्वसम्बन्धी परिकल्पना हो । थबाङ महाधिवेशनले महान् सपना र बलिदानी भावनासहितका नेतृत्व टिम चयन गरेको छ । क्रान्तिमा लिडरसिपको महत्वपूर्ण भूमिका हुन्छ । उदाहरणार्थ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तात्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाएल गोर्भाचोभका एजेन्ट रहेको तथ्यलाई लिन सकिन्छ । इतिहास र क्रान्तिमा मानिसको भूमिका निकै महत्वपूर्ण हुने गर्दछ । नेतृत्वमा अन्धराष्ट्रवाद हावी भएपछि सबै कम्युनिस्ट र यहुदीहरू सबैलाई मार्नुपर्छ भन्ने हिटलरहरू कसरी जन्मिँदा रहेछन् ! नेतृत्वको मूल्याङ्कनको विषय पनि महत्वपूर्ण हुन्छ । थबाङ महाधिवेशनले स्तालिनको सही मूल्याङ्कन गर्दै स्तालिनबारे गरिएको कैयौँ मूल्याङ्कनमाथि पुनर्मूल्याङ्कन गरेको छ । दुनियाँलाई सिध्याउँछु, खान्छु भन्ने हिटलर अन्तमा कसरी आत्महत्या गरेर मर्नुप¥यो ! थबाङ महाधिवेशनले नेतृत्वको चौतर्फीको भूमिकालाई सुपष्ट व्याख्या गरेको छ ।

नेतृत्व निकै महत्वपूर्ण कुरा हो । नेतृत्वमा विचलन आउनेवित्तिकै आन्दोलन कसरी सिद्धिने रहेछ भन्ने कुरा प्रचण्ड–बाबुरामले देखाइसकेका छन् । थबाङ महाधिवेशनले कमरेड विप्लवलाई पुनः मूल नेतृत्व अर्थात् महासचिवमा निर्वाचित गरेको छ । साथै, अन्य जिम्मेवार कमरेडहरूलाई पनि नेतृत्वमा चयन गरेको छ । केन्द्रीय समिति ५ हजारसम्म बनाउनेहरू (माके) का लागि यो महाधिवेशन जादु पनि लाग्न सक्छ ।
२. नेतृत्वबारे

नेपाल जस्तो देशको क्रान्तिको चरित्र जनवादी नै हुन्छ, यसलाई एकीकृत जनक्रान्तिले पूरा गर्दछ । नेपालमा राष्ट्रियता र जनवादी क्रान्ति परिपूरक रहँदै आएको छ । दलाल पुुँजीवाद र भूमण्डलीकृत साम्राज्यवादका विरुद्ध कठोर लडाइँको आवश्यकता छ । विश्वदृष्टिकोणको निर्माण गर्दै क्रान्तिको निशाना आफैँलाई बनाउनुपर्दछ भन्ने रूपान्तरणको मूल सिद्धान्तलाई थबाङ महाधिवेशनले पक्रेको छ । सांस्कृतिक क्रान्तिलाई सही तरिकाले नबुझीकन माक्र्सवाद–लेनिनवाद–माओवादको विकास असम्भव छ ।

नेपाल कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद नै रहेको छ । अप्रिल थेसिसको एक अंश हेरौँ, ‘पार्टीले राजनीतिक र कुटनीतिक क्षेत्रमा थुप्रै सम्झौताहरू गर्न सक्दछ तर हजाराँै सहिदहरूको रगतको बलमा नेपाली जनताले आर्जन गरेको आफ्नो वास्तविक शक्ति जनमुक्ति सेना र जनताको हातमा आएको हतियारलाई कदापि छोड्नेछैन । जनताको अभिमतअनुसार यसको नाम र संरचनामा हेरफेर हुन सक्दछ तर साम्राज्यवादी र प्रतिक्रियावादीहरूलाई फाइदा हुने गरी तथा उनीहरूको इच्छा र आग्रहमा यसको नाम पनि बदलिनेछैन’, (दस्ताबेज, २०६३ ः दुई कार्यनीतिक अप्रिल/वैशाख थेसिस) ।

माओवादी सौन्दर्यशास्त्र, नयाँ सांस्कृतिक मूल्य र नयाँ यथार्थपरक कला–साहित्यले सबैखाले संशोधनवादसित सङ्घर्ष गरिरहेको छ । यसलाई पुँजीकृत गर्न आवश्यक छ । नाम परिवर्तन नेपालमा कम्युनिस्टहरूको केन्द्र बनाउने सदिच्छा हो । नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने यसको मूल लक्ष्य हो ।

नाम परिवर्तनले पनि थबाङ महाधिवेशन विशेष चर्चामा रह्यो । पार्टीको नाम सैद्धान्तिक कुरा हो । २००६ नेपाल कम्युनिस्ट पार्टीको प्रस्थानबिन्दु हो । यो विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी पनि हो । त्यसो हुँदा ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नु वैज्ञानिक हुने निष्कार्ष थबाङ महाधिवेशनले गरेको छ । नेपाली धर्ती हजारौँ सहिदका रगतले सिञ्चिएको १० वर्षका जनयुद्धले माओवादीलाई संसारभर स्थापित ग¥यो । माओवादी आमूल परिवर्तनकारी, क्रान्तिकारी शक्तिको रूपमा स्थापित छ । महान् बेपत्ता र घाइते योद्धा तथा जनसमुदायको भावना लतपतिएको छ ।

नेपालको नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ हो । यहाँ नगर–समाज, नयाँ श्रमिकवर्ग, विज्ञान–प्रविधिको विकास, दलाल शक्तिको विकास मिश्रित जनबसोबास र देशभक्त शक्तिको उपस्थितिको चर्चा गरिएको छ । थबाङ महाधिवेशनले सांस्कृतिक रूपान्तरणमा जोड दिँदै नेता, कार्यकर्ता र जनताको लागि पृथक–पृथक तर ठोस अर्थनीतिको प्रक्षेपण गरेको छ । कम्युनिस्ट समाजको निर्माण तथा विकास गर्ने कुरा थबाङ महाधिवेशनको अर्को महत्वपूर्ण पाटो हो ।

आजको निगम पुँजीवाद, त्यसको भूमण्डलीय स्वरूप, सूचना प्रविधिको विकास, प्रतिस्पर्धात्मक राजनीति र नगर–समाजको विकासलगायत थुप्रै कारणले आजको विश्व लेनिन र माओकालीनभन्दा विकसित र भिन्नै भएको निष्कर्ष पनि थबाङ महाधिवेशनले निकालेको छ । साथै, एकीकृत जनक्रान्तिबाट मात्रै नेपाली क्रान्तिलाई पूर्णता दिन सकिने निष्कर्ष पनि थबाङ महाधिवेशनको अर्को महत्वपूर्ण पक्ष हो । ‘एकीकृत जनक्रान्ति’ एक्काइसौँ शताब्दीमा विकास भएको विश्व राजनीतिका विशेषताहरू र नेपाली समाजका विशेषताहरूको विश्लेषणका आधारमा गरिएको वैज्ञानिक संश्लेषण हो ।

यो पनि एकको दुईमा विभाजन हुन्छ तर दुईलाइन सङ्घर्षमा यसको सजातीय र विजातीय कोणको सही व्याख्या गर्ने काम थबाङ महाधिवेशनले गरेको छ । चेतना/मस्तिष्क उच्चतम् पदार्थ हो । पदार्थको गति, शक्ति सञ्चितीकरण तथा प्रवाहलाई ठीक तरिकाले बुझ्नुपर्दछ । पार्टीमा दुईलाइन सङ्घर्ष हुन्छ तर त्यसमा क्रान्तिकारीले सदैव अर्को सुधारवादी लाइनलाई कि त खाइदिनुपर्छ, कि त त्यसबाट विद्रोह गरेर अलग्गिनुपर्छ । दार्शनिक नीति सम्बन्धमा थबाङ महाधिवेशनले गरेको यो महत्वपूर्ण आयाम हो । आलोचना÷आत्मालोचना मानिसहरूका बीचमा हुने अन्तर्विरोध हल गर्ने विधिलाई पनि थबाङ महाधिवेशनले आत्मसात गरेको छ ।

थबाङ महाधिवेशनले नीतिसम्बन्धी व्यापक छलफलका साथ महत्वपूर्ण निष्कर्ष निकालेको छ । यसले माक्र्सको ‘संसारलाई बुझ्ने र व्याख्या गर्ने मात्र होइन, बदल्ने कुरा मुख्य हो’ भन्ने संश्लेषणलाई थप संश्लेषण गर्दै अब बदल्ने कुरा मात्र होइन कि त्यसको रक्षा गर्ने कुरा, त्यसको निरन्तर विकास गर्ने कुरालाई जोड दिएको छ । हरेक वस्तु एकको दुईमा विभाजन हुन्छ । पार्टी पनि वस्तु हो ।
१. नीतिबारे

क्रान्ति गर्ने कुरा मात्र ठूलो होइन रहेछ, ठूलो कुरा त त्यसको रक्षा र विकास गर्नु, उत्पीडित जनतालाई स्वशासकीय भूमिकामा स्थापित गर्न थबाङ महाधिवेशनले विशेष्ष दिशानिर्देश गरेको छ । थबाङ महाधिवेशनका नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षजस्ता ४ आयाममा रहेका छन् । यहाँ थबाङ महाधिवेशनको ४ आयामबारे सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ः

थबाङ बन्द–सत्र ऐतिहासिक रूपमा सम्पन्न भयो । जनएकता, जनप्रतिरोध र आमूल परिवर्तनको पक्षमा निरन्तर खडा हुँदै आएको थबाङ फेरि पनि केन्द्रीय विषय बन्न सफल भयो । थबाङ महाधिवेशनपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ । नेपाली क्रान्तिलाई पूर्णता दिन तथा समाजवादी सत्तालाई समृद्ध बनाउन यो महाधिवेशनले विशेष मिहिनेत गरेको छ ।

कमरेड किरणसित सम्बन्ध–विच्छेद गरेपछि नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले नयाँ पार्टी, नयाँ कार्यदिशो र नयाँ नेतृत्व पायो तर तत्अुनरूपको सङ्गठनात्मक संरचना पाएन । त्यसलाई पूर्ति गर्ने र सोहीअनुरूप राजनीतिक, वैचारिक तथा दार्शनिक रूपले पार्टीलाई अझ माथि उठाउने उद्देश्यका साथ पार्टीके ८औँ माहधिवेशन आयोजना गरियो । काठमाडौंमा लाखौँ जनताका उपस्थितिमा ऐतिहिासिक उद्घाटन सत्र सम्पन्न भएपछि बन्द–सत्रका लागि थबाङ प्रस्थान गरियो ।
थबाङ महाधिवेशनका ४ आयाम – खेम थपलिया