'बिरक्तिएर पूर्वराष्ट्रपति भन्न थालेका छन्, बरु, अन्तै सारिदिए हुन्थ्यो' प्रेम बानिया

Posted on: April 30, 2016 | views: 441

एक नेपाली नागरिक हुनुको नातामा 'गरिब/कमजोर' हुनु त छँदैछ, देशको नाममा 'कुशाशक, अव्यवस्थापन र असफलताका नाममा' संसारका अरु देशका नागरिकमाझ अब त नाक मात्र होइन, पूरापूर अनुहार नै छोपेर हिड्नुपर्ने नागरिक बनाएको छ हामीलाई यो देशको (अ)राजनीति र शाशनव्यवस्थाका (कु)शाशकहरुले !!!!
===================================================
क्या शरमलाग्दो हाल छ ! यो देशका प्रथम तथा पूर्वराष्ट्रपति डा. रामवरण यादव बसेका घरको भाडा चार महिनाभन्दा बढी बितिसक्दा समेत तिरिएको छैन, न त सम्झौता नै भएको छ !

बिरक्तिएर पूर्वराष्ट्रपति भन्न थालेका छन्, बरु, अन्तै सारिदिए हुन्थ्यो । कतिसम्मको ख्यालख्यालमा चल्छ देश भन्नका लागि योभन्दा शरमलाग्दो अर्को कुन विषय हुनसक्छ ?

लज्जाको पनि हद हुन्छ, तर यहाँ सबकुरा हद नाघेर भइरहेको छ । घरभाडा देऊ भनेर सात दिने अल्टिमेटमसहित एउटा घरधनीले सरकारलाई पत्र लेख्दछ त्यसको पनि डेढ महिना बित्छ, सरकारले भाडा तिरिदिदैन अनि पूर्वराष्ट्रपति नै पत्र लेखेर भन्छन्, लौन मलाई यो घरको तनाबबाट छुटकारा दिनुपर्यो, बरु म अन्तै सर्छु !!

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वकीय सचिव इन्द्र भण्डारीलाई ललितपुर बागडोलस्थित यादव निवास पठाएर अवस्था बुभ्mन सम्म भनेको सुनियो ।


आफ्नो देशको यस्तोसम्म न्यूज सुन्दा हामीलाई खेद छ त्यसमा पनि पूर्वराष्ट्रपतिले भोगेका चरम पीडा : जो मानसिक र भौतिक रुपमा छ त्यो झन् असैह्य छ । आखिर यतिसम्म अस्तव्यस्त भएर यो देश कतिन्जेल चल्छ होला ?????

 फेसबुकवाल बाट साभार