माफ गर्नुस! तपाँई नेपालको माया पटक्कै गर्नुहुन्न !!

Posted on: October 04, 2016 | views: 734

रामशरण घोरासैनी -

भान्छा सम्हाल्न कुनै दुर्गम जिल्लाबाट ल्याईने गरीब ‘बाहुनले’ पकाएको ‘भुजा’ ज्यूनार गर्ने वर्गकि तर ‘वर्ग‘ चटक्कै भुलेर जात, लिंग र समुदायको ‘मसिहा’ बनेकी सम्भ्रान्त पुर्व नेपाली महिलाले लेखेको ‘माईतिप्रेमले ओतप्रोत’ पत्र पढ्ने मौका मिलाईदिएकोमा कान्तिपुरलाई धनयवाद । वहाँको गन्थन पहिले पनि पढिआएकै हो । यहाँ एउटा नयाँ कुरा भन्नुभयो । क्यानेडियन नागरिक मन्जुश्री भन्नुहुन्छ देशप्रेम भनेको ‘राज्यपद्दतीलाई प्रेम गर्नु हो’ । अर्थात राज्यपद्दती सँग असहमत हुनेले देशलाइ प्रेम गर्ने सक्दैन ।

वहाँको यो वाक्य पढेपछि मेरो स्मृतीमा महात्मा गान्धी,  नेल्शन मन्डेला,  विपी कोईराला,  गणेशमान सिंह जस्ता ब्यक्तितवहरु आए जो कुनै न कुनै समय ‘राज्यपद्दती’ प्रति असहमत थिए । ति तमाम सहिदहरु आए जो राज्यपद्दती सँग असहमत भएकै कारणले काटिए,  झुन्ड्यार्ईए वा गोली दागीए । ‘देशप्रेम’ को यो परिभाषा शायद तिनीहरुलाई थाहा थिएनहोला । नत्र किन आफुले ‘प्रेम’ नै नगर्ने ‘देश’ को लागि निर्वासित हुन्थे,  जेल जान्थे,  मर्न तयार हुन्थे !

वहाँको यो वाक्य पढेपछि मेरो स्मृतीमा महात्मा गान्धी,  नेल्शन मन्डेला,  विपी कोईराला,  गणेशमान सिंह जस्ता ब्यक्तितवहरु आए जो कुनै न कुनै समय ‘राज्यपद्दती’ प्रति असहमत थिए । ति तमाम सहिदहरु आए जो राज्यपद्दती सँग असहमत भएकै कारणले काटिए,  झुन्ड्यार्ईए वा गोली दागीए । ‘देशप्रेम’ को यो परिभाषा शायद तिनीहरुलाई थाहा थिएनहोला । नत्र किन आफुले ‘प्रेम’ नै नगर्ने ‘देश’ को लागि निर्वासित हुन्थे,  जेल जान्थे,  मर्न तयार हुन्थे !

देशप्रेमको यो परिभाषा ति क्यानेडियन महिला ले आफ्नो ढिपी प्रमाणित गर्न दिएको ‘अन्तरिम’ परिभाषा हो भन्नेमा मलाई कुनै शंका छैन । त्यहि ढिपी जुन तिनको अनुपस्थितीमा यहाँ खगेन्द्र देखि युग सम्मले धानिरहेकै छन । राज्यपद्दती भनेको ‘अस्थायी’ कुरा हो । समयको माग अनुसार त्यो पद्दति परिवर्तन हुँदै जान्छ । ‘देशप्रेम’ भनेको करीब करीब निरपेक्ष कुरा हो ।

वास्तवमा मन्जुश्री जस्ता ‘आईएनजीओ प्रतिवेदन’ गाइडेड जमातले नै ‘वर्तमान नेपालको समस्या’ पहिचानमा कठिनाई उत्पनन गरेको छ । समाजको धरातलिय यथार्थ भन्दा यो जमातलाई ‘ठुला शहरको ठुला होटलहरुमा ठुला आर्ईएनजीओ हरुले ठुला ठुला प्रतिवेदनका ठेलीहरुमा देखाएको ‘समस्या’ बढी ‘ठुला’ लाग्छन ।

पुरानो राज्यसत्तााले ९५ प्रतिशत जनतालाई कुनै न कुनै रुपको विभेदमा राखेको कुरा सत्य हो । नेपालमा महिला र दलित मात्र त्यस्तो समुदाय हो जो राज्य र समाजको दोहोरो ‘विभेद’ मा परे । बाँकी त्यस्तो त कुनै पनि समुदाय छैन जसले सत्ता देखि प्रशासनको ‘तर’  नमारेको होस । अहिले त सब “बहेती गंगामे हाथ क्यों ना धोया जाए “ भनेका छन्, कुदेका छन् ।

उनि अगाडी तर्क गर्छिन – हरेक ब्यक्ति जो संयोगले कुनै देशको हुन्छ त्यस देशप्रति लगाव हुनु आवश्यक छैन । त्यसो भए संयागैले कुनै जातीको, लिंगको वा समुदायको भएपछि चैं किन ‘पहिचान’ को पुच्छर निमोठ्नै पर्ने ?  जसरि ‘को कुन देशको नागरिक हुने’ भन्ने कुरा पहिले संयोग हो अनि मात्र छनौट,  त्यहि नियम जात, धर्म वा समुदायमा आईपुग्दा किन यति कठोर ?  किन यति रक्तपिपासु?  किन यति अन्धो ?  के  तिनी रहरले सम्भ्रान्त परिवारमा जन्मिएकी हुन्?  के दिपक मलिक रहरले डोम भएर जन्मिएका हुन्?  अनि कथित प्रगतिशिलहरु नै किन जात धर्मको पछाडी कुदेका छन?  यो सवालमा चैं ‘संयोग’ हावा खान जान्छ हो ?

के ‘पहिचान’ भनेको अधिकार प्राप्तीको साध्य नै हो?  त्यो पनि घृणाको जगमा उभिएको पहिचान । फलाना जात अगाडी,  म किन पछाडी ?  फलाना धर्म अगाडी,  मेरो किन पछाडी ?  फलाना समुदाय अगाडी मेरो किन पछाडी ?

के नेपालमा अगाडी परेका भनिएका जात, धर्म समुदायको मानव विकाश सुचांक संसारकै उत्कृष्ट हो? अगाडी भएका भनिएका जात धर्म समुदायका जनता शत प्रतिशत एकै स्तरका हुन्छन? के पछि परिएका भनिएका जात धर्म सम्प्रदाय सबै पिछडिएका छन ? यो ‘वर्ग‘ को लडाँई हो भन्न को आईदिनुपर्ने?  कुन आइएनजिओले प्रतिवेदन तयार पारे बल्ल ‘वर्गसंघर्ष’ हुने?

‘पहिचान’ घृणाकै जगमा उभिएको हुन्छ कि हाम्रो देशमा मात्र यस्तो परिक्षण गरिएको हो?  “बाहुन क्षेत्री काटिन्छ, आलो रगत चाटिन्छ !”  यो कस्तो पहिचानको लाडाई ?  “टोपी उतारके पहरिया सबके खेदेके परी ! यो कस्तो पहिचानको आन्दोलन ?  डेढ बर्षे वालक मारेर पाईने, घाईते प्रहरि थुतेर मार्दा पाइने त्यो कस्तो ‘अधिकार’ ?  जिउँदै प्रहिरी जलाएर प्राप्त हुने त्यो कस्तो अधिकार?   गाई काटेर खान पाए मात्र पाईने त्यो कस्तो ‘निरपेक्षता’ ?

    ‘पहिचान’ घृणाकै जगमा उभिएको हुन्छ कि हाम्रो देशमा मात्र यस्तो परिक्षण गरिएको हो?  “बाहुन क्षेत्री काटिन्छ, आलो रगत चाटिन्छ !”  यो कस्तो पहिचानको लाडाई ?  “टोपी उतारके पहरिया सबके खेदेके परी ! यो कस्तो पहिचानको आन्दोलन ?  डेढ बर्षे वालक मारेर पाईने, घाईते प्रहरि थुतेर मार्दा पाइने त्यो कस्तो ‘अधिकार’ ?  जिउँदै प्रहिरी जलाएर प्राप्त हुने त्यो कस्तो अधिकार?   गाई काटेर खान पाए मात्र पाईने त्यो कस्तो ‘निरपेक्षता’ ?

नेपालमा पहिचानको सवाल स्वतस्पूर्त कम प्रायोजित र उक्साहट बढी हो। आदिबासी र जनजाती भन्ने छुट्टाछुट्टै पदावलीलाई मर्ज गरि ‘आदिवासी जनजाती’ बनार्ईएको छ । जब कि आदिबासी भनेको अलग कुरा हो,  जनजाती भनेको अलग । आदिबासी तथा जनजाति सम्बन्धि महासन्धि १९८९ (जसलाई नेपाल ले १४ सेप्तेम्बेर २००७ मा अगुमोदन गर्यो ) ले गरेको परिभाषाले  आदिबासी तथा जनजाति भनेर परिभाषित गरेको छ । सबै आदिबासी जनजाती हुन तर सबै जनजाती आदिबासी हैनन । एउटा थारु आदिबासी हो । तर यदि उ थात थलो छोडेर अन्यत्र पुग्छ भने उ आदिबासी रहिरहदैन। आदिबासी हुनको लागि आफ्नो थातथलोको निरन्तरता हुनुपर्छै । नेपालमा ‘पहिचान’को खिचडी कसरी पकाईएको छ त्यो सर्वविदित छ । बास्तवमा नेपालमा अस्तित्व संकटमा पर्नेगरि कुनै पनि जातिय वा भाषिक समुह पुगेको छैन । यदि राज्यको अभिप्राय अल्पसंख्यक हरुको संस्कृति भाषा आदि मास्ने हुन्थ्यो भने आज सम्म यति सानो देशमा १२५ जात जातीकको आफ्नो अलग्गै भाषा, संस्कृति अनि रहनसहन हुँदैनथ्यो होला । यहाँ त राउटे कुसुन्डा आदि सयको संख्यामा रहेका हरुको पनि भाषा र संस्कृति जिवित छन् । फेरिपनि आफ्नो भाषा, संस्कृति, रहनसहन, भेषभुषा आदिलाई जोगाई राख्नालाई नागरिक आफ्नो प्रयास बढी हुनै पर्दछ । राज्यले चाहेर मात्रै कुनै संस्कृतिलाई न जोगाउन नै सक्छ न  मास्न नै । राज्य सहायक मात्र हुन्छ ।

नेपालको जनसंख्याको वितरण हेर्दा एक तिहाई ब्राम्हण–क्षेत्री–दशनामी–सन्यासी,  एक तिहाई जनजाती र आदिबासी तथा बाँकी एक तिहाई थारु–मुश्लिम–मधेशी को रुपमा भएको छ । यि मध्ये ठुलो समूहमा रहेको थारु र स–साना समूहमा रहेका राउटे, कुसुण्डा, चेपांग  आदि जस्ता केहि आदिबासी बाहेक कुनै पनि समुदाय ‘आदिबासी’ हैनन । कोहि उत्तर बाट आए कोहि दक्षिणबाट, कोहि पुर्वबाट आए त कोहि पश्चिमबाट । हजारौं बर्षदेखि तिल चामल जसरि एक आपसममा मिसिएर बसेका समुदायहरुलाई के, कुन र कसको स्वार्थको लागि जुधाउने बजाउने गरिंदैछ अब प्रस्ट हुँदै जान थालेको छ ।

भाषाको सावालमा नेपाली भाषा सबैभन्दा ठुलो संख्याले बोल्ने भाषा भएको हुनाले स्वत  ‘सम्पर्क भाषा’ को रुपमा अगाडी आएको हो । कसैले नेपाली भाषा मन पराए पनि मन नपाराए पनि सत्य यहि हो । यदि नेपाली भाषा बराबर वा त्यो भन्दा बढि संख्याले बोल्ने अर्को भाषाको अस्तित्व हुन्थ्यो भने स्वाभाविक रुपमा नेपाली भाषाको यो दवदवा हुने थिएन । आज ‘सौताको रिसले पोईको काखमा सु सु’ भन्ने उखान चरितार्थ गर्न लागिपरेका हिन्दीका दासहरुले यो बुझ्नु आवश्यक छ ।

मन्जूश्रीहरुले अति सामान्य मानेर उपहार जसरि बाँड्ने प्रबन्ध खोजेको नागरिकताको सवालमा पुर्व प्रशासक, अनुसन्धाता तथा अध्यापक अयोध्या प्रसाद श्रीवास्तवको अत्यन्त महत्वपुर्ण छ । उनको यो विचारले नै प्रष्ट हुन्छ हामी कति भयावह भविष्यतिर लम्किरहका छौं । हामी फिजीकरणको कति नजिक आईसकेका छौं भनेर ।

श्रीवास्ताव भन्नुहुन्छ  यो देश बिना पर्खालको घर जस्तो छ । यहाँ कहाँबाट के गर्न को आयो र कति बस्यो र फर्केर गयो गएन र फर्कने हो कि होइन र कसैलाई केही थाहा छैन । आफ्नो र पराईको पहिचान नै छैन । कस्को र कस्तो देश उत्तर छैन । यस कारण नेपाल सरकारले घरको आवश्यक बारबेर गर्नुका साथै छिमेकीसँग निर्वाध आवागमन सुनिश्चित हुने ढोका भने बनाउनै पर्छ र स्थानीय निकायमा नागरिक र गैरनागरिकको अद्यावधिक पारिवारिक लगत राख्ने व्यवस्था हुनैपर्छ ।–

    मुखियाजी भनिने धीरेन्द्र यादवले सुनसरी जिल्लाको कुसहवा गा।वि।स।बाट महेश यादवको नामबाट नेपाली नगारिकता लिएको
    भारतीय अपराधी बमबम यादवले सोही जिल्लाको घुम्ती टोली मार्फत नागरिकता लिएको ।
    आसाम नागल्याण्ड पृथकतावादी सशस्त्र आन्दोलनका कमाण्डर ईन चिफ निरन्जन होजाइले पनि सुनसरी जिल्लाबाट निर्मल राईको नामबाट नागरिकता लिएका छन् ।
    बिहारको वीरपुरका भारतीय कुख्यात अपराधी सुभास झाले सुनसरीको श्रीपुरजब्दीबाट नागरिकता लिएका छन् ।
    कुख्यात अपराधी भारतका मोहम्मद उमरडुसाले कपिलवस्तु जिल्लाको पुरुषोत्तमपुरबाट नागरिकता लिएका छन् ।
    भारत उत्तर प्रदेशको देवरिया जिल्लामा जन्मेका मिर्जादिलसाद वेग विभिन्न अपराधिक क्रियाकलापमा संलग्न हुँदै २०२२ सालमा कपिलवस्तुको कृष्णनगर छिरेका हुन् । जो नेपालको मन्त्री बन्न सफल भए ।
    भारतको अजमगढ उत्तर प्रदेशका नागरिक जसले सन् २००८ मा दिल्ली र बनारसमा भएको श्रृङ्खलाबद्ध बम बिस्फोट गराएका थिए र सो बिस्फोटमा परी १६६ जनाले ज्यान गुमाएका थिए । उनले पनि २०६६ सालमा सुनसरीको नरसिह–७ बाट नागरिकता लिएका छन् ।
    २०६३ सालमा नागरिकता घुम्ती टोलीबाट नागरिकता लिने २६,१५,६१५ जना मध्ये तराईको १९ जिल्लाबाट मात्र १८,१३१५५ जनाले नेपाली नागरिकता लिएका थिए र ती प्रायजसो भारतीय मूलका मानिसहरु थिए ।

भारतीयहरुलाई नागरिकता दिँदा एक त उनीहरुको भोटले चुनाव जितिने र अर्कोतिर भारत पनि खुशी हुने कारणले मधिसे नेताहरुले चुनावको बेलामा नागरिकताको कुरा उठाउने गर्छन । जतिजति बेला नेपाल संक्रमण र अप्ठेरोमा हुन्छ । त्यतिबेला नागरिकता वितरण भएका छन् । यो सबै भारतको दवावमा हुने गरेको छ । ऊ नेपालमा जति धेरै भारतीय मान्छे आए, त्यति धेरै खुशी हुन्छ । किनभने नेपालीले पाउने सेवा सुविधा भारतीयले पनि पाउने भए । नेपाल उसको पक्षमा हुने भयो । यसरी नेपालका शासकहरुले भारतलाई खुशी पार्न र चुनाव जित्नकै लागि गैर नेपालीलाई नागरिकता दिई रहने हो भने भोलि नेपाल पनि ‘फिजि’ नहोला भन्न सकिँदैन । अतः भावी दिनमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई बचाउनु छ भने नियमित प्रक्रिया बाहेक यस्तो संवेदनशील घडीमा नागरिकता वितरण प्रक्रियालाई रोक्नु पर्दछ । नागरिकता प्रति संवेदनशील नभई विदेशीलाई जन्मको आधारमा नागरिकता वितरण गर्दै जाने र पछि उसको परिवारलाई वंशजको आधारमा नागरिकता बाड्न थालियो भने नेपालीको सक्कली जनसंख्या भन्दा भारतीय मूलका मधिसेको जनसंख्या बढी हुन जान्छ । अन्तत्वगत्वा बिना झगडा, बिना युद्ध जनमत संग्रहबाट नेपाल भारतको एउटा २९औं हिमाली प्रदेश नहोला भनेर कसरी भन्ने रु आफ्नो देशको नागरिकता जसलाई पायो उसलाई वितरण गर्छौं भने त्यो हाम्रो सुरक्षाको लागि ठूलो खतरा हुन सक्छ । यसप्रति सरकार संवेदनशील हुनु पर्दछ”  (श्रीवास्तवको वेबसाईटबाट)

यस्तो समस्याको बारेमा चुँ मात्र गर्यो भने ‘रोटीबोटी’ को रोईलो शुरु हुन्छ । अनि मन्जूश्री जस्ता प्रगतिशिल (?) हरु आगोमा घ्यु थप्न हरदम तयार हुन्छन ।

मन्जुश्री जी,  तपईले ‘ओ क्यानडा….’  गाईनैसकेपछि यता फर्केर ‘विषवमन’ चै नगरि दिनुहोला । तपाई नेपालको त बन्न सक्नुभएन । क्यानडाको चैं पक्कै बनेर देखाउनुहोला । मन्जुश्रीलाई एउटा प्रश्न सोध्न मन लाग्यो । यहाँ हुँदा ‘धर्मनिरपेक्षता’ को भजन निकै गाउनुहुन्थ्यो । तपाँईको धर्मदेशको राष्ट्रिया गान ‘ओ क्यानडा….’ को ] God keep our land glorious and free!  हरफ गाउ्रँदा तपाईलाई अलिकति पनि ग्लानी भयो कि भएन?  ए क्यानडा ! राज्यको कुनै धर्म हुँदैन,  १९०८ मा यो गीतको शब्द (वर्तमान क्यानेडियन राष्ट्रिय गान । १८०८ मा उक्त गान फ्रेन्चमा थियो) लेखिंदाको सामाजिक चेतनाले आजको युगलाई बोकेर हिंड्न सक्दैन भनेर कुनै क्यानेडियन पत्रिकामा छपाउनु भयो कि भएन ?  २०११ को जनगणनामै त्यहाँ रहेका करीब ११ लाख गैर क्रिश्चियन हरुले कसरी यो गान गाउने भनेर कहिं कुनै फोरममा बोल्नु भयो कि भएन ? कठै तपाईको नियति ! जातिय राज्य (?) त्यागेर धार्मीक राज्यमा पुग्नुभो ।

माफ गर्नुस , तपाई नेपाललाई पटक्कै माया गर्नुहुन्न । तपाई केवल नेपालमा छोडेर गएको आप्नो ‘रवाफ’ लाई माया गर्नुहुन्छ । त्यो रवाफ जुन तपाईँले तपाईको ‘धर्मदेश’ मा कदापी पाउनुहुन्न । त्यहाँ तपाईले भोमिट गरेको सोहोरेर छाप्न सिंगै पृष्ठ खर्चिने ‘सर्वाधिक विक्रि हुने दैनिक’ पाउनुहुन्न । फलानाको देशमा तिलाना तन्नेरी भन्ने नेपाली उखान याद त होला नै तपाईलाई ।।

Source : माफ गर्नुस! तपाँई नेपालको माया पटक्कै गर्नुहुन्न !!