अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस -भरत दाहाल

Posted on: May 03, 2016 | views: 394

‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ कलकारखाना, उद्योगधन्धा, निर्माण, कृषि लगायतका क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको हकहितका लागि सुरु भएको संघर्षको ऐतिहासिक परम्परा हो ।

साम्राज्यवादीहरुले सञ्चालन गर्ने एनजिओहरुले अहिले यसलाई मनोरञ्जन गर्ने विकृत दिनका रुपमा परिण गरेका छन् । आजभोलिका महिलाहरुलाइै एनजिओहरुले ८ मार्चमा वर्ग उत्पीडनको माग गर्न दिंदैनन्, खुला सेक्सको माग गर्न लगाउँछन् ।

गगल्स लगाएर जुलुसमा आउनेहरुले समस्याग्रस्त महिलाहरुका कुरा गर्दैनन्, एउटा गुटको नेतालाई जिन्दावाद र अर्कोलाई मूर्दावाद भन्छन् । एनजिओले राखेका होटले कार्यक्रममा गएर तन्काउँछन् र महिला दिवस मनाउँछन् ।

यद्दपि आजको महिला दिवस पिण्डदान जस्तै कर्मकाण्डभन्दा बढी महत्वको रहेको छैन तर हामीले यसको गोरबशालि गाथालाई भुल्नु हुँदैन, यसको इतिहासलाई छोड्नु हुँदैन र श्रमिक महिलाहरुको आवाजलाई संगठित गर्न जारी राख्नुपर्छ ।

यस दिनको संझनामा यसको इतिहासको छोटो चिनारी प्रस्तुत गरेको छुँ । फाेटाे क्रमसः Clara Zetkin, Iness Armond र Alexandra Kollontai हाे। यी ३ महिलाहरूकाे संपूर्ण जीवनकाे लगानिले अाजका महिला दिवस मनाउन संभव भएकाे हाे। यीनीहरूलार्इ मेराे प्रणाम छ ।

—सन् १८५७ को मार्च ८ मा अमेरीकामा ‘गार्मेन्ट महिलाहरुको हडताल’को संझनामा महिला दिवस मनाउने प्रचलन सुरु भएको हो । हडतालको मूख्य माग कामको समय १० घन्टा गरिनु पर्ने, बालश्रम बन्द हुनु पर्ने र महिला मताधिकार हुनु पर्ने भन्ने थियो । त्यसबेला महिलाहरुलाई १८ घन्टा काममा लगाईन्थ्यो ।

—सन् १९०८ मा ‘अन्तर्राष्ट्रिय महिला गार्मेन्ट यूनियन’को आयोजनामा अमेरीकी महिलाहरुले गरेको हड्तालको सम्मानमा अमेरीकाकै म्यानहटनमा ३० हजारको महिला र्यालि सहित पहिलो पटक ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाईयो ।

—पार्टीगत रुपमा सन् १९०९ मा ‘अमेरीकन समाजवादी पार्टी’ले पहिलो पटक ‘महिला दिवस’ मनायो ।

—सन् १९१० मा ‘दोश्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय’ (Second International) को आयोजनामा डेनमार्कको कोपेन हेगनमा १७ देशहरुबाट १०० जना महिलाहरुको प्रतिनिधित्वमा ‘पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलन’को आयोजना गरियो । त्यसै सम्मेलनले जर्मन समाजवादी नेतृ Luise Zietz द्वारा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’लाई बर्षेनि मनाउने भनि राखेको प्रस्तावलाई स्विकृत गर्यो । यसै सम्मेलनले महिलाहरुको कामको समय ८ घन्टा गरिनु पर्ने माग उठायो ।

—सन् १९११ मार्च १९ मा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को उपलक्षमा अष्ट्रेलिया, डेनमार्क, जर्मनी र स्वीटजरलैंडमा श्रमिक महिलाहरुको व्यापक प्रदर्शन भयो । प्रदर्शनको मूख्य माग ८ घन्टे कार्यदिवसका साथसाथ महिलाहरुको मताधिकार हुनु पर्ने भन्ने थियो ।

—सन् १९१४ देखि ८ मार्चलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रुपमा मनाउने निर्णय भयो । त्यसभन्दा पहिले १९ मार्चमा यस्तो कार्यक्रम आयोजना गरिएको थियो ।

—सन् १९१५ मा स्वीटजरलैंडको बर्नमा समाजवादी महिलाहरुको प्रथम भेला भयो, जसको अगुवाई जर्मन समाजवादी Clara Zetkin, रुसी समाजवादी Alexandra Kollontai र फ्रेञ्च समाजवादी Iness Armond ले गरेका थिए ।

—सन् १९१७ को रुसी अक्टोबर क्रान्तिपछि रुसबाट पहिलो पटक ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’मा सार्वजनिक विदा दिन सुरु भयो र महिला अधिकारको प्रश्नलाई राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रमा विस्तार गरियो ।

—सन् १९२० मा नेतृ Clara Zetkin को नेतृत्वमा ‘कम्युनिष्ट महिला अन्तर्राष्ट्रिय’ (The Communist Women's International) गठन गयिो ।

—सन् १९७५ देखि ‘संयुक्त राष्ट्रसंघ’ले ‘’अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’लाई ‘अन्तर्राष्ट्रिय महलिा दिवस’का रुपमा मान्यता दियो ।