'संसद' विदेशी बोका र बाख्रीहरू हुल्ने गोठ-भरत दाहाल

Posted on: September 11, 2016 | views: 758

संसदमा हाजिरि गरेर नेपालको भत्ता खाउ र काम गर्न चाहिं आइएनजिओको बैठकमा जाउ ।

दिल्लीको दुइतिहाइ मत नपुग्दासम्म संविधान संसाृधन प्रस्ताव दर्ता नगराउ ।

राष्ट्रिय नीतिको लङ्गौटी फुकालेर व्यक्तिगत रीस्कका आधारमा अर्को देशसंग संझौता गर्न पाउनु पर्ने ढोल बजाउ ।

सार्वभौम आवरणले सजाइएको संसद नामको बासस्थान विदेशी बोका र बाख्रीहरूको गोठ हो । विदेशी तत्वले हुल्लडबाजि गराउनका लागि त्यहाँ चारखुट्टे जानवरहरूलाइ हुल्छ, फुक्का राखेर लडाउँछ र रमिता हेर्छ । यो गोठमा नेपालको नामो निशाना छैन ।

विदेश संबन्ध 'रिष्क'बाट चलाउन पाउनु पर्ने मागको अर्थ के ?

कुनै देशको विदेश संबन्ध संबन्धित देशको राष्ट्रिय नीतिका आधारमा तय हुन्छ। जस्तोसुकै शक्तिशालि कार्यकारि प्रमूख भए पनि नयाँ रूपमा अघि बढ्न चाहेको हो भने पहिले भएको नीति बदल्नु पर्छ ।

तर पुष्पकमल दाहालले आफूलार्इ व्यक्तिगत 'रिष्क'का आधारमा दिल्ली भ्रमण गर्न दिन माग गरिरहेका छन् ।

यो दूर्वचन हाल भएको नीतिलार्इ चुनौति दिएको त हो नै, विना कुनै नयाँ एजेन्डा आफूले भ्रमण गर्न लागेको भन्ने उनको भनार्इ यो मागसंग विरोधाभाषि पनि छ ।

विना नयाँ एजेन्डा भ्रमण गर्न लागेको हो भने के का लागि व्यक्तिगत 'रिष्क'को माग गरिएको हो रु यो विरोधाभाषको अर्थ आफूले कुनै नयाँ एजेन्डा नलग्ने र संबन्ध सुधारको बहानामा दिल्लीले तयार पारेको पत्रमा सहि गर्ने पनि हुनसक्छ ।