किन ओझेल पर्‍यो विज्ञान र प्रविधिको आविष्कार नेपालमा ?

Posted on: September 06, 2016 | views: 975

भरतराज उप्रेती - आइसिटी खोज पत्रकारीतामार्फत हाइटेक रिसर्च एण्ड इनोभेसन सेन्टरको रुपमा विकास गराउने अभियानमा आइसिटी पत्रकार विकास मञ्चले शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगका लागि मिडिया दबाब अभियान आइसिटी पत्रकार विकास मञ्चले शुरु गरिसकेको छ । सरकारको नीतिलाई पछ्याउँदै पब्लिकको दायित्व रहने गरी हाइटेक पायोनयर रिसर्च एण्ड डेभलपमेन्टर सेन्टरको विकासका लागि सबैको एकता र हातेमालो गर्दै नेपालमा ग्रीन प्रविधिको कम्प्युटरको प्रयोगलाई स्थापित गराउदै टेलिहेल्थ सेन्टरको विकासलाई समेत यस अभियानसँग जोडिनेछ । यसका लागि सबैको सहयोग साथ सल्लाह र सुझावको अपेक्षा आइसिटी पत्रकार विकास मञ्चले अपेक्षा गरेको छ ।


सन् १९७९ मा मुनि बहादुर शाक्यले नेपालमा पहिलोपटक माइक्रो कम्प्युटर बनाएर विश्वलाई नै चकित पारिदिएका थिए । आइबिएम कम्पनीले माइक्रो कम्प्युटर बनाउनु २ वर्ष अगाडी नै नेपालमा माइक्रो कम्प्युटर बनाएर विश्वलाई छक्क पार्नु भएको शाक्यको कामको केही समय चर्चा भए पनि यसलाई कसैले पनि राष्ट्रिय हितको प्रयोगमा ल्याउने कोशिस नगरेको उहाँकै गुनासो छ ।


मुनि बहादुर शाक्यले हिम्मत हार्नुभएको छैन आफूमा भएका सीप र सिर्जनालाई आफू रहेसम्म गरेरै देखाउन । मान्नै पर्छ उहाँको साहस र धैर्यतालाई ।  धर्म कर्म र आरामपूर्वक बस्नुपर्ने बेलामा पनि मुनि बहादुर शाक्यले अहिले ग्रीन प्रविधिको कम्पयुटर बनाएर सफल प्रयोग गरिसक्नुभएको छ । जम्मा ३५ वाट क्षमतामा चल्लने यो कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेको ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प बन्न सक्छ । उमेर झण्डै ७० पुगेका शाक्यले धन सम्पत्तिको कुनै मतलव नराखी एउटा पूरै घरमा आफूले बनाएका विज्ञान तथा सूचना प्रविधिका आविष्कारहरु जुन विश्वका अरु देशमा बनाएका कुनै पनि प्रविधिभन्दा फरक छैनन्, जसलाई राष्ट्रव्यापी प्रयोगका लागि सरकारले ध्यान दिनु प¥यो या त संग्राहलयमा लगेर राखिदिने ब्यवस्था गरिदिनुप¥यो भन्नुहुन्छ मुनि शाक्य ।


नेपालमा पनि कम्प्युटर बन्छ भन्दा तपाइलाई अचम्म लाग्छ होला तर यो सत्य हो । सन् १९७९ मा मुनि बहादुर शाक्यले नेपालमा पहिलोपटक माइक्रो कम्प्युटर बनाएर विश्वलाई नै चकित पारिदिएका थिए । उनको यो साहसी काम र सिर्जनाको बारेमा चीनियाँ र जापनीज सञ्चार माध्यमहरुले बिशेष चासो दिएर विश्वभर समाचार एकैसाथ प्रसार गरेका थिए । शाक्यको यो इनोभेटिभ प्रविधि क्षमतालार्ई नेपालका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ महत्व दिएका थिए । 


तर पनि अहिले उहाँको प्रविधि क्षमता, इनोभेटिभ आइडिया, अपार ज्ञान र अनुभव अहिलेसम्म पनि ओझेलमा नै परिरहेको छ कारण उहाँले सञ्चालनमा ल्याउनुभएको १ करोड मूल्य बराबरको कम्प्युटर बनाउने मेशीन एउटा कोठामा अलपत्र अवस्थामा रहेको छ । उत्पादन बिभागमा नै २५ जना दक्ष इन्जिनियर (प्राविधिक) र त्यसको साथमा सयौं प्राविधिकहरुले काम पाउने यो मेशीन अहिले कोठा ओगटेर मात्र बसेको मात्र छैन, शाक्यले आविष्कार गरेका थुप्रै रोचक प्रविधिहरु जस्तैः मानव सरहको रोवट, सेक्युरिटी यन्त्र उपकरण र अरु कम्प्युटरका पार्टसहरुले पूरै घर ओगटेर बसेको छ । 


एउटै कम्प्युटरमा भएको कामलाई २ सय भन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने प्रणालीको विकास र सयौ कम्प्युटर अमेरिकामा बनाएर चर्चा कमाइसक्नु भएका शाक्यको असाधारण प्रतिभालाई नेपाल सरकारले भने उपयोगमा ल्याउन र प्रतिभाको कदर गर्नु नसक्नु नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि दुर्भाग्य बनेको छ । आइबिएम कम्पनीले माइक्रो कम्प्युटर बनाउनु २ वर्ष अगाडी नै नेपालमा माइक्रो कम्प्युटर बनाएर विश्वलाई छक्क पार्नु भएको शाक्यको कामको केही समय चर्चा भए पनि यसलाई कसैले पनि राष्ट्रिय हितको प्रयोगमा ल्याउने कोशिस नगरेको उहाँकै गुनासो छ । सरकारले सहयोग नगरे पनि आफ्नै लगानीमा कम्प्युटर बनाउने उपकरण ल्याएर काम शुरु गरेको कम्प्युटर मेशीन पनि अहिले यत्तिकै कोठामा ठाउँ ओगटेर बसेको छ । मुनि शाक्यको हाइटेक पायोनियर सेन्टरबाट बनाएका सयौं कम्प्युटरहरुमा अहिलेसम्म त्यस्तो जटिल खराबी समेत भेटिएको छैन ।


युरोप अमेरिका बेलायतबाट शाक्यलाई थुप्रै अवसरहरु आए तर देश र जनताका लागि आइटि विकासमा समर्पित हुने एउटै उद्देश्य उहाँको भएकोले ती सबै अवसरहरुलाई शाक्यले महत्वपूर्ण ठान्नुभएन र निरन्तर आफ्नो प्रयासमा नयाँ प्रविधिको खोज अनुसन्धानतर्फ लाग्नुभयो । तर उनको यी सबै प्रयासलाई राज्य वा सरकारले कुनै चासो दिएको पाइदैन । रोनाष्टले देवनागरीमा कम्प्युटर बनाएको कामलाई कदर गर्दै सम्मान एवं कदर गरेर क वर्गको वैज्ञानिक मान्यता दिए पनि सरकारले भने उहाँको दक्षता, क्षमता, सीप, उत्पादनलाई सम्बोधन गर्न तथा प्रयोगमा ल्याउन कुनै चासो देखाएको पाइएन । सन् १९८० को बेला विश्वमा कम्प्युटर बनाउने कुरा भर्खर शुरु भएको बेला नेपालमा नै कम्प्युटर बनाउन सक्ने ब्यक्ति नेपालले पाउनु सबैभन्दा खुशीको कुरा भए पनि यसलाई सम्बन्धित निकायले महत्वपूर्ण नठान्नु र अवसर नदिनु उत्तिकै दुःखपूर्ण रहेको छ । कतिपयलाई नेपालमा कम्प्युटर बन्थ्यो भन्ने कुरा एकादेशको कथा जस्तै छ । किनकी उनीहरुलाई केही थाहा छैन कसले नेपालमा कम्प्युटर बनाए भन्ने कुरा किनकी शाक्यको यो कमलाई राज्यले प्रयोगमा ल्याउन सकेन र कुनै महत्व पनि दिएन । 


तर पनि शाक्यले बिना सरकारी सहयोग आफ्नै लगानीमा हाइटेक पायोनियर खोलेर कम्प्युटर बनाउने मेशीन नै नेपालमा ल्याउनु कम्प्युटर बनाउने कामलाई निरन्तरता दिनुभयो । आफूले कार्ययोजना बनाउनु त कता हो कता एउटा सामान्य नागरिकले प्रविधिको क्षेत्रमा हासिल गरेको यति ठूलो दक्षतालाई नबुझेको सरकारले शाक्यले कम्प्युटर बनाउने प्रयोगशालाका लागि आवश्यक उपकरणहरु विदेशबाट आयात गर्दा ५ प्रतिशत सहुलियत माग्दा समेत कुनै चासो नदेखाएको शाक्यको गुनासो छ । आवश्यक अन्य उपकरणहरुका आयातका लागि सहुलियतको त कुरै छाडौ उचित मूल्यांकन नै गर्न सकेको छैन राज्यले । देश विकासका लागि प्रभावकारी नीति नियम ल्याउने भन्ने सरकारी निकायको रणनीति र मन्त्रि नेताको खोक्रो भाषण त केवल गधाले भारी बोक्न छोड्छु भन्नु जस्तै हो । नेपालले कम्प्युटर प्रविधिको क्षेत्रमा ४० वर्ष इतिहास बोकेको एउटा प्रतिभावान व्यक्ति, प्रविधि क्षमता र ज्ञानको भण्डार सूचना प्रविधिको इनोभेटिभ सेन्टर पाउनु नेपालको लागि प्रविधि क्षेत्रका ठूलो आयाम भए पनि त्यसलाई सञ्चालन र प्रयोगमा ल्याउन राज्य, राजनीतिज्ञ, सरोकारावालाहरुले कुनै चासो नदेखाउनु नेपालको प्रविधि विकासलाई लंगडो बनाउनु बाहेकको अर्को उपममा छैन भन्दा फरक पर्दैन ।

पच्चीस वर्ष अघि मात्र एडिबीबाट २० औ अर्ब आर्थिक सहायता लिने देश दक्षिण कोरिया अहिले विश्वकै सम्पन्न राष्ट्रमा पर्दछ । कारण कोरियाले आइटी क्षेत्रलाई राष्ट्रिय नीतिको रुपमा अख्तियार ग¥यो । आज जति पनि कम्प्युटर प्रविधिका उत्पादनहरुले मूर्त रुप पाउँछन् र विश्व बजारमा आउँछन् यसमा दक्षिण कोरियाकै प्रमुख हात छ । अमेरिकामा अवधारणा र प्रारम्भिक काम मात्र हुने गर्दछ । त्यसपछिका सबै काम कोरियामा हुने गर्दछन् । आज मुनि बहादुर शाक्य जस्ता प्राविधिक एवं बिज्ञहरुको नेपालमा कदर हुँदो हो नेपाल अन्य विकसित मुलुकको दा“जोमा पुग्न कुनै गा¥हो थिएन होला नि । हुनत आइटीको बारेमा अनभिज्ञ रहेका सरकारी पदाधिकारी र नेता तथा मन्त्रिहरले यसको उपयोगितालाई पनि कसरी बुझुन् त ? विडम्बना नै यही छ नेपालको । आइटी विकासका लागि आउने विदेशी सहयोगलाईृ सरकारका जिम्मेवार मन्त्रिहरुले कार्यान्वयन गर्न नसकिने भन्दै अस्वीकार गरेका उदाहरणहरु पनि नभएका भने होइनन् । यसबाट के स्पष्ट हुन्छ भने नीति नियम तर्जुमा र कार्यान्वयन पक्षमा सरकार कति असक्षम छ भन्ने कुराको । राजनीतिक खिचातानी र शक्ति हत्याउन कुर्सीको भागवण्डामा लागेका राजनीतिक नेताहरुलाई कम्प्युटरको महत्व थाहा र्नै छैन भन्दा पनि हुन्छ । नत्र किन त आइटी क्षेत्रलाई सरकारले उपेक्षा गरिहेको छ त ? यो प्रश्न हामी सचेत नागरिकको तर्फबाट सरकारलाई । भाषणमा ठूला ठूला गफ हाक्नेहरुले आइटी विकासका लागि मौन रहिरहे नेपाल सधै अन्य देशको उत्पादनमा भर पर्नुपर्नेहुन्छ । अनि मुनि बहादुर शाक्य जस्ता ब्यक्तिहरुको कदर र उहा“हरुको ज्ञानलाई उपयोगमा नल्याउने हो भने कहिल्यै देश र जनताको उन्नति तथा प्रगति हुन सक्तैन । आइटी क्षेत्रको विकासका लागि सुतिरहेको सरकारको निद्रा हट्नुप¥यो अनि ६० वर्ष नाघिसकेका शाक्यको जस्तै नयाँ जोस र जाँगर हरेक नेपालीहरुमा आउनुप¥यो । अनि मात्र देशको विकास सम्भव छ ।


सानैदेखि इलेक्ट्रोनिक्समा बिशेष रुची राख्ने स्वभाव भएका शाक्यले भारतको कलकत्तामा इन्जिनियरिङ्ग अध्ययन पूरा गरी बेलायतबाट सन् १९७३ मा बेलायतबाट सी.इन्जिनियरिङ्ग (C.Engineering) सम्मको अध्ययन सक्याउनुभएको हो । कम्प्युटर सम्बन्धी इलेक्ट्रोनिक्स विषयको खोज र अनुसन्न्धानका लागि बेलायत युरोप अमेरिका र फ्रान्सको कम्प्युटर उत्पादन गर्ने ठाउहरुमा गहिरो अध्ययन गरेर सन् १९८३ मा नेपाली माध्यममा चलाउन मिल्ने कम्प्युटर बनाएका थिए । यी बाहेक सुपर कम्प्युटर, नेवारी भाषामा चलाउन सक्ने बाहेक अन्य थुप्रै कम्प्युटरहरु मुनि बहादुर शाक्यले नेपालमै बनाउनुभयो ।

मुनि बहादुर शाक्यले हिम्मत हार्नुभएको छैन आफूमा भएका सीप र सिर्जनालाई आफू रहेसम्म गरेरै देखाउन । मान्नै पर्छ उहाँको साहस र धैर्यतालाई ।  धर्म कर्म र आरामपूर्वक बस्नुपर्ने बेलामा पनि मुनि बहादुर शाक्यले अहिले ग्रीन प्रविधिको कम्पयुटर बनाएर सफल प्रयोग गरिसक्नुभएको छ । जम्मा ३५ वाट क्षमतामा चल्लने यो कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेको ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प बन्न सक्छ । उमेर झण्डै  ७० पुगेका शाक्यले धन सम्पत्तिको कुनै मतलव नराखी एउटा पूरै घरमा आफूले बनाएका विज्ञान तथा सूचना प्रविधिका आविष्कारहरु जुन विश्वका अरु देशमा बनाएका कुनै पनि प्रविधिभन्दा फरक छैनन्, जसलाई राष्ट्रव्यापी प्रयोगका लागि सरकारले ध्यान दिनु प¥यो या त संग्राहलयमा लगेर राखिदिने ब्यवस्था गरिदिनुप¥यो भन्नुहुन्छ मुनि शाक्य ।

खाली राजनीतिक दाउपेचका आधारमा शक्ति हत्याउने खेल र राजनीतिक आधारमा जिम्मेवार निकायहरुमा कर्मचारी नियुक्त गर्ने काम बाहेक भरमा ध्यान नै छैन देशको शासन सत्ता सम्हाल्नेहरुको । राजनीतिक आधारमा नियुक्त हुनेहरुले कसरी देशको आइटी क्षेत्रको विकास गर्लान् ? भन्नै गा¥हो छ । सरकारी निकायमा यस्तो प्रणलीको अन्त नभएसम्म आइटी क्षेत्रको विकास सम्भव छैन । यसतर्फ सरकारले अब सोच्नुपर्ने बेला आएको छ । देशकै विकास र हजारौ ब्यक्तिले रोजगार पाउन सक्ने यस्ता महत्वपूर्ण प्रविधिहरुलाई अब पनि सरकारले वेवास्ता गर्ने हो भने नयाँ नेपालको निर्माण हुन सक्तैन । यदि साँच्चै नयाँ नेपालको निर्माण गर्ने हो भने सरकार र राजनेताहरुको यस्ता देशका सष्टाहरुको पहिचान गर्दै उनीहरुको सीप र सिर्जनालाई प्रयोगमा ल्याउन तर्फ ध्यान दिनुपर्ने देखिन्छ भने नया संविधानमा आइटी क्षेत्रको छुट्टै संयन्त्रको गठन गरी राष्ट्रिय मुद्दाको रुपमा यसलाई अगाडी ल्याउनुपर्ने खाँचो पनि उत्तिकै जरुरी छ ।


शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगका लागि मिडिया दबाब अभियान आइसिटी पत्रकार विकास मञ्चले शुरु गरिसकेको छ । सरकारको नीतिलाई पछ्याउँदै पब्लिकको दायित्व रहने गरी हाइटेक पायोनयर रिसर्च एण्ड डेभलपमेन्टर सेन्टरको विकासका लागि सबैको एकता र हातेमालो गर्दै नेपालमा ग्रीन प्रविधिको कम्प्युटरको प्रयोगलाई स्थापित गराउदै टेलिहेल्थ सेन्टरको विकासलाई समेत यस अभियानसँग जोडिनेछ । यसका लागि सबैको सहयोग साथ सल्लाह र सुझावको अपेक्षा आइसिटी पत्रकार विकास मञ्चले अपेक्षा गरेको छ ।