नेईएको बारेमा के भन्छन् त आम इन्जिनियरहरु ? –खिमानन्द कँडेल

Posted on: September 04, 2016 | views: 797

यतिवेला नेपाल इन्जिनियर्स एशोसियसन्को निर्वाचनको माहौल व्यापक रुपमा तातिरहेको छ । एनेकपा माओवादी केन्द्र, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियरहरु समेत प्रतिष्पर्धामा रहेको भएता पनि मुलतः प्रगतिशील तथा पेशागत इन्जिनियर्स समूह र लोकतान्त्रिक समूहमा नै अहिले प्रतिष्पर्धा रहेको देखिन्छ ।  
निर्वाचनको दौडानमा हामी देशका विभिन्न भागहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अन्र्तकृया गर्ने अवसर प्राप्त गर्यौ र यसरी स्थलगत अध्ययन गर्दा आम इन्जिनियरहरुले नेर्ईएप्रति निम्नानुसारको धारणा रहेको पायौं ।

(१) नेइएको खस्कँदो छविप्रति आम इन्जिनियरहरुको चिन्ता ः देश तथा विदेशमा रहेका हजारौं इन्जिनियरहरुको आवाज बोल्नुपर्ने संस्थाको छवि खस्कदै गएको प्रति आम इन्जिनियरहरुको चिन्ता प्रकट भएको देखियो ।

(२) नेईएप्रतिको विश्वासमा आम इन्जिनियरहरुको गिरावट ः आम इन्जिनियरहरुको नेईएप्रतिको विश्वास खस्कँदै गएको देखियो ।

(३) नेईएका कार्यक्रमहरु केन्द्रमुखी र अप्रयाप्त भएको गुनासो  ः हामी आम इन्जिनियरहरु समक्ष पुग्दा नेपाल इन्जिनियर्स एशोसियसनले सँधै केन्द्रमा बर्षको एकदुईवटा सेमिनार गर्ने, इन्जिनियर दिवस मनाउने र काठमांडौमा समेत निश्चित वर्गका इन्जिनियरहरु भन्दा बाहिर जान नसकेको भन्ने स्पष्ट धारणा काठमांडौ बाहिरका इन्जिनियरहरुमा देखियो ।

(४) इन्जिनियरहरुको खस्कँदो मनोवल ः हामीले भ्रमणको क्रममा सरकारी क्षेत्र, निजी क्षेत्र , शैक्षिक क्षेत्र ,यूवा इन्जिनियर र विभिन्न उद्यम गर्दै गरेका इन्जिनियरहरु भेट्यौं । समग्रमा अहिले देश भित्र अधिकांश इन्जिनियरहरुको मनोवल खस्केको हामीले पाएका छौं । विभिन्न जिल्लाहरुमा इन्जिनियरहरु माथि दुव्र्यवहार गरिएको छ । कालोमोसो दल्ने र विभिन्न राजनीतिक दलहरुको नाममा इन्जिनियरहरुलाई चन्दादाताको रुपमा मात्रै लिने जस्ता कुराहरु बढ्दै गएको देखियो ।

(५) सभा सेमिनार भन्दा पनि क्षमता अभिवृद्धि गर्ने खालका तालिम÷कार्यक्रममा इन्जिनियरहरुको चासो ः  हालका कार्यक्रमहरु प्रायजसो सामान्य भेटघाटको लागि तयार गरिएका कार्यक्रमहरु भएका र आम इन्जिनियरहरुको चासो विशेष गरी विभिन्न इन्जिनियरिङ तालिमहरुमा रहेको पाईयो । तालिमहरु केन्द्रमा मात्र नभएर स्थानीय स्तरमा समेत गर्नुपर्ने कुरामा जोडदार आवाज इन्जिनियरहरुको उठेको पाईयो ।

(६) यूवा इन्जिनियरहरुको व्यापक असन्तुष्टी ः हाल हजारौं यूवाहरु वेरोजगारीको चपेटामा परेको देखियो । यसबाहेक पनि बजारमा प्रयाप्त रोजगारीका अवसरहरु उपलब्ध नहुँदा एकातिर कामै नपाउने समस्या रहेको देखियो भने अर्कोतर्फ न्यून तलबमा काम गर्नुपरेको गुनासाहरु उल्लेख्य रुपमा उठेको देखियो ।

(७) इन्जिनियरिङ शिक्षाको खस्कँदो गुणस्तर प्रतिको चिन्ता ः इन्जिनियरिङ शिक्षाको गुणस्तर व्यापक रुपमा खस्केको र गुणस्तरीय शिक्षाको लागि नीतिगत रुपमा व्यापक सुधार गर्नुपर्ने अबस्था रहेको सुझावहरु प्राप्त भए ।

(८) नेपाल इन्जिनियरिङ परिषदको भूमिका प्रतिको असन्तुष्टी ः नेपाल इन्जिनिरिङ परिषदले आफ्नो जिम्मेवारी अनुसार भूमिका खेल्न सकेको छ वा छैन भन्ने सन्दर्भमा प्रशस्त प्रश्नहरु उठेको अवस्था देखियो ।

(९) नेइए राजनीतिक अखडाको रुपमा उपयोग गरिएको आरोप ः नेपाल इन्जिनियर्स एशोसियसनलाई आम इन्जिनियरहरुको संस्था भन्दा पनि नीहित व्यक्ति वा समूहहरुले आफ्नो स्वार्थ पूर्ति गर्ने थलोको रुपमा उपयोग गरेको भन्ने व्यापक रुपमा गुनासो रहेको पाईयो ।

(१०) संविधान निर्माण एवं विकास निर्माणका मुद्धाहरुमा कमजोर भूमिका ः संधिवान निर्माण तथा विकास निर्माणका मुद्धाहरुमा नेईएले संस्थागत रुपमा सशक्त आवाज उठाउन नसकेको गुनासो आम इन्जिनियरहरुको बीचमा भएको पाईयो ।  
त्यसैले यस्तो चुनौतीपूर्ण घडीमा प्रगतिशील तथा पेशागत इन्जिनियर समूहले आम इन्जिनियरहरुको मात्रै हैन आम नेपाली जनताको अनुहारमा व्यापक रुपमा भौतिक पूर्वाधारहरुको विकासको लागि काम गरेर निम्नानुसारको दीर्घकालीन लक्ष्यका साथ जनतासँग स्पष्ट रुपमा जोडिने मार्गचित्रका साथ आम इन्जिनियर पंक्ति समक्ष प्रस्तुत भएको छ ।

     (१) नेपाल इन्जिनियर्स एशोसियसनलाई देश तथा विदेशमा रहेका आम इन्जिनियरहरुको पूर्ण समावेशी, निष्पक्ष, पारदर्शी र सशक्त संरक्षक संस्थाको रुपका विकास गर्ने ।  

     (२) देशका ऐन, नीति र कानूनहरुमा इन्जिनियर (देशको लागि सँधै काम गर्ने बर्ग) हरुलाई शोषण गर्ने गरी बनाईएका कानूनहरुलाई हस्तक्षेपकारी भूमिका निर्वाह गरेरै भएपनि व्यापक रुपमा आम इन्जिनियरहरुको सहभागितामा नीतिगत परिवर्तनको अभियान शुरु गर्ने ।

      (३) आम इन्जिनियरहरुको मनोबल उच्च बनाउँदै, क्षमता, योग्यता र दक्षताको अभिबृद्धि गर्दै विकास निर्माणका हरेक अभियानहरुको नेतृत्व र अभियन्ताको रुपमा आम इन्जिनियरहरुको भूमिका सशक्त पार्ने ।  

      (४) एकतावद्ध र सशक्त भूमिकाका साथ आम इन्जिनियरहरुकै नेतृत्वमा देशभित्र नै दूरगामी महत्वका भौतिक पूर्वाधारहरु विकासको नेतृत्व गर्ने र अन्र्तराष्ट्रिय स्तरमा समेत विकास निर्माणको क्षेत्रमा काम गर्ने क्षमता विकास गर्ने ।

      (५) विकास निर्माणकै जगमा आर्थिक समृद्धि हाँसिल गर्दै आम नेपाली जनताहरुको अनुहारमा सदावहार खुशीयाली छाउने स्थितिको नेतृत्व गर्ने ।     

    -    अब हामी इन्जिनियरहरुले नेईएमा मात्रै नभएर नेपाली समाजको आर्थिक समृद्धिको महान अभियानको नेतृत्व गर्दै आम जनताको अनुहारमा सदावहार चमक ल्याउन सक्ने अभियानमा जुट्नुपर्छ ।  आउनुस हातेमालो गरौं, हामी सबैले जित्ने चुनावमा सामेल बनौं, परिवर्तन संभव छ, हामीले हिम्मत मात्रै गरौं, हामीले प्रतिवद्धता मात्रै गरौं र परिवर्तनको लागि तयार बनौं र आफ्नो एवं आफ्ना सन्ततिहरुको भविष्य देशभित्र नै सुनिश्चित गरौं । परिवर्तन संभव छ, एकतावद्ध इन्जिनियर, शीप/क्षमता/र दक्ष इन्जिनियर, जनताको सेवामा सदैव लागिरहने इन्जिनियरहरु जब एकतावद्ध भएर अघि बढ्नेछन्, देशको आर्थिक सामाजिक रुपान्तरणको नयाँ अध्याय यहीबाट शुरु हुनेछ ।

    -    त्यसैले यही मिति २०७३ साल भदौ ३१ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एशोसियसन् एवं नेपाल इन्जिनियरिङ परिषदको निर्वाचनमा डा. सुमित्रा अमात्यको नेतृत्व, तत्कालीन लोकप्रिय सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीका सुपुत्र प्रा. डा. प्रकाश चन्द्र अधिकारी जस्ता ईमान्दार न्यायमूर्ति र आफ्नो क्षेत्रमा क्षमता र दक्षताको आधारमा परिवर्तनका आवाजहरुको नेतृत्व गर्दै आम इन्जिनियरहरुको माझमा स्थापित भईसकेका इन्जिनियरहरु रहेको प्रगतिशील तथा पेशागत इन्जिनियर समूहलाई मतदान गरी परिवर्तनलाई संस्थागत गर्न आम इन्जिनियरहरुको पूर्ण सहयोग रहनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
 

(लेखक ई.आर्किटेक्ट डा. सुमित्रा अमात्यले नेतृत्व गर्नुभएको प्रगतिशील तथा पेशागत इन्जिनियर समूहको तर्फबाट उपमहासचिव पदका उम्मेदवार हुन् )
इमेल/फेसबुक ः [email protected]