सन्दर्भ दोधारा चाँदनीको रामलिला : कथा रावणको

Posted on: August 22, 2016 | views: 601

– पप्पु गुरुङ्ग
मेरो गाउ सबै साह्रै खुशि हुन्थे । सारा गाउँका केटाकेटीहरु रामलिला संचालन हुने खबरले खुशीको लहर छाएको थियो ।  गाउमा सूचना पुगिसक्थ्यो । साँझ सम्म हाम्रो कोठारको आागनमा केटाकेटीको भीड लाग्थ्यो । त्यही रामलिलाको कुरा बाहेक केही हुदैन थियो । म र मेरा साथी अबेरसम्म कमैको ढोणको एक घर बनाएर रामलिला खेल्ने गरथ्यौ । हामीलाई मानै रामलिलाको भुत नै सवार भएको थियो ।  गाउँ हिडेपछि छि मेरो अधिकांश समय खेल्न मै बित्थ्यो । कहिले भगडामा गएर गुल्ली डण्डा खेल्थ्यौ । कहिले महाकली नदीमा गएर पौडी खेल्थ्यौ । र लुगा सुकाउदै बयरहरु टिपेर खान्थ्यौ । सबैले हामीहरुलाई माया गर्थे । गाउमा एक कार्याक्रमको तयारी पनि शुरु भयो । रामलीला नाटकको तयारी । केही वर्ष अघि म गाउ आउदा मेरा साथी रतन ओलीको बुवाले गाउमा रामलीलाको आयोजना गर्नु भएको थियो । पहिलो दृश्यमा राम, लक्ष्मण र सीताले दशरथ सित वन प्रस्थानको लागि विदा मागेको घटना चित्रित गरिएको थियो । दोस्रो दृश्य राम शिकारमा गएको, लक्ष्मणले लक्ष्मण रेखा बनाएको  र रावण आएर छलले सीताको हरण गरेको देखाइएको थियो । तेस्रो दृश्यमा हनुमानले लंका जलाएको देखाइएको हुन्थ्यो । चौथो दृश्यमा राम रावण युद्ध देखाइन्थ्यो । त्यस पछि रामको विजय उत्सव पछि रामलीला समाप्त हुन्थ्यो । वास्तवमा तिनताक हाम्रो दशै गाउमा बित्थ्यो  र गाउको दशैलाई रमाइलो र रोचक बनाउन मेरो साथी रतनको बुवाको सक्रीयतामा रामलीलाको आयोजना हुन्थ्यो । रामलीला आयोजनको लागि रतनको बुवाले आफ्नै रकम समेत खर्चे  । बाँकी संकलित रकमले रामलीलाको खर्च पूरा हुन्थ्यो । सुरवात समयमा रामको पात्र तुला राम रोकाया, लक्ष्मणको पात्रमा कृष्ण देब जोशी, रावणको पात्रमा प्रेम थापा तथा सितामा भक्कु पुजारा रहेका थिए । यसै गरि दोधारा चाँदनीमा २०३२ सालमा रात्रीकालिन रामलिलाको सुरुवात भएको थियो । मेरा साथी रतन ओलीका बावु अध्यक्ष स्व. श्री ईन्द्र बहादुर ओली रहेका थिए । गाउका भक्कु पुजारालाई सिागारपटार गरेर युवतीको रुप दिइन्थ्यो र उसले सीताको भुमिकामा हुन्थे । रावण , हनुमान , राक्षस र वानर सेनाको भुमिका गाउका अन्य बयक्तीहरु थिए, जुन मेरो मानसपटलमा उनिहरुको नाउ याद छैन् । लामो समय सम्म कडा रिहर्सल हुन्थ्यो । र अनि दशै भरि देखाइन्थ्यो त्यो रामलीला । रावण बन्ने प्रेम थापा थियो । उनि अहिले भारतको राजधानी दिल्लीमा बस्दै आएका छन् । बढो शसक्त भुमिकामा खारिएका कलाकार पछि देखा परे रावणको पात्र प्रेम थापा । वास्तवमा ऊ रावणको भुमिकामा अभिनय गर्न चाहन्थ्यो । किनभने प्रेमको बोलीमा दम  थिए ।  त्यसबाहेक रामले लगाउने मुकुट पनि दामी थियो । तर रावण बन्नेले नाटक भरि एउटा मुकुण्डो लगाइरहनु पथ्र्यो । त्यो मुकुण्डो गरुंगो पनि थियो र डर लाग्दो पनि थियो । त्यसमा थुप्रै टाउकाहरु जोडिएका थिए । त्यसैले नाटक हुदा कसैले पनि उसको अभिनय तिर ध्यान दिदैन थिए । बस् , उसको त्यो डर लाग्दो मुकुण्डो तिर हेरिरहन्थे , डराइरहन्थे र रावणलाई सरापिरहन्थे ।  तर रामको चरित्र निवार्ह गर्ने पात्रलाई गाउलेहरुले साक्षात् रामलाई जस्तै खुट्टामा ढोग्थे । त्यो सौभाग्य रावणले पाएको थिए । शायद यिनै सबै कारणहरुले रावणको भुमिकामा प्रेम त्यति संतुष्ट थिएन । उसको अभिनय सशक्त हुन्थ्यो तर कसैले उसको प्रशंसा गर्दैनथ्यो । बरु उल्टो रावण भनेर प्रेमलाई उसको खिसी उडाइन्थ्यो । रामलिला टिमले अभिनयको रावणको पात्रलाई निकै प्रशंसा गर्थे । तसर्थ रावण खुशी मान्दै आएका थिए । नाटक सिद्धिए पछि गाउलेहरुले रामको खुट्टा ढोग्थे । राम दंग पर्थे । रावण बन्ने लछानु टाढाबाट रामले  आदर सत्कार पाएको हेरिरहन्थ्यो । उसको अनुहारमा त्यति खेर रावण बन्नुको ग्लानी देखिन्थ्यो । अहिले लाग्छ , त्यतिखेर उसको अनुहारमा आक्रोश जस्तो पनि केही हुन्थ्यो । शायद आफूले पाउनु पर्ने महत्व नपाएको आक्रोश थियो त्यो । गाउ रामलीला खेल्ने तयारी फेरि शुरु हुन्थ्यो । पुरा उत्साह साथ । केटाकेटीलाई रामलीला खेल्न दशै नै चाहिदैन थियो । पछि आएर आफ्नो आफ्ना भुमिकामा सबै कलाकार पोख्त भैसकेका थिए । संवाद पनि सबैलाई कण्ठ थियो । रामलीलाका पोशाकहरु , धनुषहरु कोठारमै कतै कुनामा हुन्थे । पुराना भएपनि तिनीहरु अझै काम चलाऊ थिए । रावणको मुकुण्डोमा मुसाले प्वाल पारे पनि त्यो बाहेक अर्को मुकुण्डो थिएन । त्यसैले लछानु त्यही थोत्रो मुकुण्डो लगाउन वाध्य हुन्थ्यो । वास्तवमा त्यतिबेला पनि ऊ निराश हुन्थ्यो र स्थापना देखीको रावणको त्यही पोशाक प्रति नाटक गर्दा कै जस्तो असन्तुष्टि देखिन्थ्यो उसको अनुहारमा । प्रेम थापाले एकपटक उसले हिम्मत गरेर भन्यो – यस पालि म राम बन्छु । उसले त्यसो भन्नु के थियो , हामी सबैले उसको खिसी उडाए । रामलाई सबैले राम्रो नियतले हेर्ने अनि खुट्टामा ढोक गर्ने प्रेमलाई बिलेनको नजरले हेर्ने भएकोले कलाकारीता प्रति खिन्न भएको मैले पनि सानै भएपनि महसुस गरेको हु ।