कांग्रेसी चुनावमा 'रअ' को रणनीति, सिटौला र गगनको टीम 'रअ' को सुद्ध प्यानल

Posted on: May 02, 2016 | views: 722

भरत दाहाल-

नेपालका सत्तावादी दलहरूमा भारतीय दलाल र एजेन्टहरू नहुने हाे भने याे अाधुिनक दुनियाँकाे अाठाैं अाश्चर्य हुन्छ, त्यसमा पनि कांग्रेस विशेष प्रकारकाे कित्ताभित्र पर्छ। तर अहिले महाधिवेशनमा उठेका ३ वटा गुटहरूलार्इ अाैपचारीक रूपमा समान व्यवहार गरेजस्ताे देखाए पनि दिल्लीले सबैप्रतिकाे भित्रि रणनीति फरक फरक बनाएकाे तथ्य स्पष्ट रूपमा बुझ्न सकिन्छ।

अर्जुन नरसिं केसी र गगन थापालार्इ फरक फरक कित्ताबाट लडार्इएकाे देख्दा अनाैठाे जस्ताे देखिन्छ। सिटौला र गगनको टीम 'रअ' को सुद्ध प्यानल हो । याे टीमले चुनाव जित्छ भनेर उठार्इएकाे होइन। कांग्रेसभित्र अाफ्ना बफादार एजेन्टहरूलार्इ स्वतन्त्र शक्तिका रूपमा स्थापित गर्ने र रामचन्द्र समुहकाे भाेट पनि काट्ने रणनीति अनुसार 'रअ'ले याे टीम अघि सारेकाे छ। याे नीति सिअाइएले अारजु राणालार्इ भिडाएर देउवालाइ गिरीजाकाे स्थायी विकल्पका रूपमा स्थापित गरे जस्तै खेल हाे।

सिटाैलाकाे गिराेहलाइ स्थापित गर्ने र जित्ने संभावना रहेकाे देउवाकाे गिराेहलार्इ उपयाेग गर्ने रणनीति अन्तर्गत 'रअ'ले देउवाकाे प्यानलमा अर्जुन नरसिंलार्इ पठाएकाे छ। देउवा अमेरीकि तावेदार भएता पनि उनकाे प्यानलले जितेकाे खण्डमा अर्जुन नरसिं मार्फत् 'रअ'ले त्यसकाे भित्रि अाँतसम्म अाफ्नाे हात घुसाउन सफल हुनेछ।

रामचन्द्रकाे प्यानमा पनि भारतीय एजेन्टहरू नभएका हाेर्इनन् तर त्याे सबैकाे खिचडीका रूपमा छ, त्यसैले 'रअ'ले चाहे अनुसार प्रयाेग गर्न समस्या छ। मूख्य पदका कतिपय प्रत्यासिहरू 'रअ'काे रणनीति अनुकूल छैनन्। त्यसैले याे गुटलार्इ थुम्थुम्याउने रणनीति 'रअ'काे देखिन्छ।