भानु बहुमुखि क्याम्पसको शैक्षिक कार्यक्रमहरु संचालन गर्न आर्थिक समस्याले गर्दा कठिनाई

Posted on: July 17, 2016 | views: 904

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्र्तगतको एक मात्र वृहत तथा अग्रणी सामुदायीक शैक्षिक संस्था भानु बहुमखी क्याम्पस दोधारा चाँदनी एक मात्र स्नातक तह सम्म अध्यापन गराउने एक मात्र शैक्षिक संस्था हो । स्थानिय समाजसेवी राजनितकर्मी, तथा शिक्षा प्रेमी को अग्रसरतामा वि.सं. २०६४ साल असोज १३ गते मा विद्यिवत रुपमा त्रि.वि.वि. बाट सम्वन्धन प्राप्त गरी यस क्याम्पसको स्थापना गरिएको हो । हालको बदलिदो विश्व परिवेशमा प्रतिष्पर्धामा उत्रन सक्ने दक्ष जनशक्ती उत्पादन गर्न गुणात्मक शिक्षा प्रदान गर्नेु कुनै पनी क्याम्पसको लागि चुनौतिको विषय बनिरहेको अवस्थामा, दोधारा चाँदनी जस्तो विकट क्षेत्रमा स्थानिय समुदायहरु बाट क्याम्पसका सम्पुर्ण पुर्वाधार विकासका कार्यमा सहभागिता हुनु शिक्षा क्षेत्रको आवश्यकता रहेको महसुस गर्न सकिन्छ । क्याम्पस सञ्चालन गर्ने क्रममा क्याम्पस व्यवस्थापन ले भोगेका समस्या तथा चुनौतिहरु निकै छन् । दोधारा चाँदनीमा रहेको एक्लो क्याम्पसको विगत र भावी क्याम्पसको सर्वाङग्रिण विकासका लागि के कस्ता योजना हरु छन तथा के पहल कदमी भई रहेको छ । यसै संदर्भमा भानु बहुमुखी क्याम्पसका वर्तमान अध्यक्ष श्री राजिव खड्का संग समग्र क्याम्पसको अवस्थाको बारेमा पत्रकार पप्पु गुरुङ्गले गरेको संक्षिप्त कुराकानी :–
    क्याम्पस कसरी संचालन भईरहेको छ ?
भानु बहुमुखि क्याम्पस दोधारा चाँदनीको शैक्षिक कार्यक्रमहरु संचालन गर्न आर्थिक समस्याले गर्दा कठिन छ । संचालनको लागि क्याम्पस व्यवस्थापन ले निकै कष्ट उठाई रहेको छ । क्याम्पसको संचालन का लागि विद्यार्थी अध्ययन शुल्क एक मात्र मुख्य आय श्रोत रहेको छ । त्यसैमा विद्यार्थी संख्या न्युन भएकोले क्याम्पस संचालन तथा पुर्वाधार निमार्ण गर्न निकै असजिलो परिरहेको छ ।
    क्याम्पसको भौतिक तथा शैक्षिक अवस्था कस्तो छ ?
एउटै भवनमा कक्षा संचालनका लागि प्रयाप्त भवन नभएकाले शिक्षा शास्त्र संकाय भानु उ.मा.वि भवनमा र व्यवस्थान संकाय क्याम्पसको आÏनै भवनमा संचालन भइरहेको कारण भौतिक पुवार्धार को अभावै रहेको छ । विद्यार्थी तथा प्राद्यापकहरुको चाहना अनुसारको शैक्षिक कार्यक्रमहरु संचालन गर्न आर्थिक समस्याले गर्दा कठिन भइरहेको छ । थप संकायहरु संचालन गर्न असहज भएको छ ।
    क्याम्पस स्थापना काल देखि हाल एक दशक पुग्न लाग्दा के कस्तो प्रगति गरेको देख्नुहुन्छ ?
क्याम्पसको स्थापना हुदा भानु उच्च माध्यमिक बिद्यालय भवनमा सञ्चालन भएको र तत्काल स्थापनाकालमा २४ जना विद्यार्थी ६ जना प्राद्यापक २ जना कर्मचारी बाट हाल आएर क्याम्पसले ११ कोठे भवन निमार्ण गरी ५ कोठा निमार्णाधिन अवस्थामा छन र विद्याथी संख्या करिव २ सय  हाराहारी रहेको छन भने यस क्याम्पस बाट झण्डै १ सय विद्यार्थी जना स्नातक उर्तिण गरेर उच्च शिक्षा अध्ययन गर्न बाहिर गईसकेका छन । झण्डै १४ जना प्राद्यापकहरु र ४ जना कर्मचारी वर्तमान अवस्था कार्यरत छन ।
    भावी योजनाका बारेमा के सोच छ ?
शुदुरपश्चिम बाशीहरुको अथक प्रयास र मेहनतमा स्थापित सु.प. वि.वि. को प्रदेश नं ७ का ८ ओटा जिल्लामा आंगिक क्याम्पस दिने प्रत्रिया राज्य स्तर बाट भएको र कंचनपुर जिल्ला बाट एउटा पनि क्याम्पस उक्त प्रक्रियामा नपरेकोले तत्कालै सु.प.वि.वि.को सिनेट बाट प्रक्रिया बढाउनका लागि पहल भईरहेको छ । पटके रुपमा क्याम्पसको आर्थिक श्रोत संकलनका लागि निकट भविष्यमै महायज्ञ संचालन गर्ने योजना रहेको छ र क्याम्पस संग सरोकार राख्ने व्यक्ति तथा संघ संस्थाहरु लाई क्याम्पसको आजिवन, साधारण तथा मानार्थ सदस्यता वितरण गरी आर्थिक श्रोत वृद्धि गराउने योजना रहेको छ ।
    अन्तमा तपाईको के भनाई छ ?
दोधारा चाँदनी नगरपालिकाको एउटा मात्र क्याम्पसको अवस्था विश्व परिवेश अनुसार हुन नसकेको ले यसको विकासका लागि सहयोग गरिदिनहुन नेपाल सरकार, दातृ निकाय तथा ब्यक्तिहरुलाई अनुरोध गर्दछु ।