जापानको कुक भिषामा आउँदा होसियारी अपनाऔं !! -राजन खत्री

Posted on: June 27, 2016 | views: 30734

नेपाली ईन्डो करी रेष्टुरेन्टमा कुक भिषाको नाम जापान आउने/ल्याईने नेपालीहरुको पिडा वास्तवमै दयनिय छ ! विश्वको सम्पन्न देश जापान !

वेरोजगारीले रन्थनियका नेपालीहरु ईराक अफगानस्थान तथा सिरीया जस्ता युद्धग्रस्त देशहरुमा हत्केलामा ज्यानको वाजी राखेर लाख कमाउने सपनामा त्यहाँ पुगी रहेका छन् , अनाहकमा मरिरहेका छन् । भने त्यसमा पनि जापान !

लाख कमिने आश्वसनमा रिनपन घरबार बन्धकी राखेर १३/१४/१५ लाख तिरी जापान आउन जोसुकै नेपालीहरु पनि तमतयार हुन्छन् ! यता कुक भिषामा जापान नेपालीहरुलाई ल्याउने दलालहरुको पनि बिगबिगी छ ।

हामी नेपालीहरुलाई ठग्ने मानवताहिनहरु कुनै विदेशीहरु नभएर एक नेपालीलाई ठग्ने अर्को नेपाली छ जापानमा । कुक भिसामा जापान आयो । अपवाद आफ्नो ठाँउमा होला तर कुक भिसामा जापान आएको नेपालीहरुको समग्रमा दयनिय अवस्था छ । लगभग अरवको मरुभुमीमा पुग्न लाग्ने ३०/४० हजार खर्च पनि नलाग्ने कुक भिसामा दलालहरुले १२/१३/१४/१५/१६/१७ लाख सम्म असुल गर्ने गरेका छन् ।

नेपालमा खानबस्न गरी १ लाख देखी १ लाख ५० हजार सम्म सेलरी पाउने प्रलोभनमा कुक भिसामा जापान ल्याईन्छन् मान्छे । तर जब जापान टेकिनेछ वास्तविकता फरक छ, जापान पुगेर महिनामा लाख कमाउने हाम्रा सम्पुर्ण सपनाहरु तव चकनाचुर हुन्छन्, जब त्यहाँ कामको कुनै ग्यारेन्टी नै हुदैन रहेछ ।

मान्छे जापान झारे पछि बल्ल काम खोज्न थाल्छन् दलालहरु ! अदक्ष कुकको विल्ला भिराएर ५ देखी ६ मान सेलरीमा काम गर्न दवाब गरीन्छ, यो भनेको नेपाली अहिलोको रेटमा ५० देखी ६० हजार हो । अनि महिनामा एक दिन बल्ल छुट्टी सोचौं सम्झंदा कहाली लाग्छन् यस्ता वास्तविक कुराहरु ।

अनि बाध्य भएर धेरै पैसा कमिने प्रलोभनमा रिफुजी तिर पठाईन्छन् तिनै दलालहरुको मिले मतोमा ! यस्ता कुरामा कस्को ध्यान जाला र ! तर वास्तवमा कहालिलाग्दो कथा र दयनिय अवस्था छ, जापान आएर पछुताएका नेपालीहरुको ।

यतातिर कस्को ध्यान जाने होला र खै ! एकले अर्कोलाई ठग्नमै छ मजा जहाँ ! त्यसैले लहडमा हैन सम्पुर्ण कुरा बुझेर मात्र काम गरौं, नेपालीहरु ठग्ने दलाहरुको सबैले भण्डाफोर गरौं ।