'हामी जनताको भरोसा योग्य साथी वन्ने छौ'

Posted on: June 03, 2016 | views: 2259

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन सकिएको छ नेपालमा पहिलो पटक भएको निजामती कर्मचारीहरुको निर्वाचनमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले कुल मतको ४४ प्रतिशत मत पाएको छ ।

यस्तै नेपाल निजामती कर्मचारी युनियनले ३४ र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) १०.५ प्रतिशत मत पाएका छन् । नेपाल मधेसी निजामती मञ्चले भने कुल मतको जम्मा ७ प्रतिशत मत पाएको छ । यसै विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन कुमार घिमिरेसँग गरिएको कुराकानी ।

मोहन कुमार घिमिरे महासचिव नेपाल निजामती कर्मचारी संगठन
मोहन कुमार घिमिरे
महासचिव
नेपाल निजामती कर्मचारी संगठन

मोहन कुमार घिमिरे
महासचिव
नेपाल निजामती कर्मचारी संगठन

आधिकारिक ट्रेड  यूनियनको निर्वाचन कस्ता  भयो ?

-११७ जिल्ला-विभागीय कार्य समितिमा सम्पन्न भएको मतदान प्रक्रियामा उत्साहजनक ढंगले कर्मचारीहरुले मतदान गर्नु भएको छ । ५५,३२९ मतदाताहरुमध्ये ४९,०९५ जनाले आफ्नो मताधिकार प्रयोग गरेको विषयले पनि निर्वाचनमा उत्साह रहेको पुष्ट्याई गर्दछ ।

अव त मत परिणाम पनि आई सक्यो कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

 हजुर , स्वाभाविक रुपले मुलुकभर हाम्रो अग्रताले हामी सन्तुष्ट नै छौं । केही जिल्ला-विभागीय कार्य समितिहरुमा झिनो मतान्तरले पराजय भएको विषय समिक्षाको विषय हो । ११७ संरचना मध्ये करिव २२ हजार मत सहित ५० जिल्ला र ३० विभागीय कार्य समितिको विजयीले हामीलाई उत्साहित र गम्भीर बनाएको छ ।

 आधिकारिक ट्रेड यूनियनको नेतृत्व कसले गर्दै हुनुहुन्छ त ?

- हाम्रो संगठनका थुप्रै अग्रज संगठक, वर्तमान क्रियाशील पदाधिकारी, सदस्य आधिकारिक ट्रेड  यूनियनको नेतृत् गर्न सक्षम हुनुहुन्छ । आगामी असार १ र २ गते सम्पन्न हुने केन्द्रीय कार्य समितिको बैठकले उपयुक्तढंगले यसलाई व्यवस्थापन गर्नेछ ।

सरकार र बजेटको प्रभाव प-र्यो यस निर्वाचनमा भन्ने गुनासो आएको छ नि ?

- होइन । हाम्रो संगठन २०४७ सालमा स्थापना भएर यसले सम्पन्न गरेका कार्यभारहरु गौरवशाली र नेतृत्वदायी भूमिका, लोकतान्त्रिक विधि र प्रक्रियामा चलेको हाम्रो सांगठनिक पद्दती, सेवा प्रवाह र क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको विषयमा हामीले उठान गरेको मुद्दाहरु, सवै राष्ट्रसेवकहरुको सामाजिक सुरक्षा बैज्ञानिक बन्नुपर्छ भन्ने हाम्रो माग र दवाव, सम्पन्न गरिएका जनतासँग कर्मचारी अभियान, यस संगठनका नेता र कार्यकर्ताको अनुकरणीय व्यक्तित्व, आवाज विहिनहरुको आवाज संगठन बनेको वास्तविकता नै हाम्रो चुनाव जित्ने आधारहरु हुन् । सरकार र बजेटको विषय त केवल सरकारी र प्रशासनिक नियमितता मात्र हुन् ।

कति संरचनामा संगठनले अग्रता हाँसिल गरेको छ ?

 हामीले ११७ वटा जिल्ला-विभागीय संरचना मध्ये ५० जिल्ला र ३० विभागीय गरी कूल ८० वटा संरचनामा संगठनको वर्चश्व कायम गरेका छौं । करिव ७० प्रतिशतका हाराहारीमा जिल्ला-विभाग जितेका छौं । कूल मतको २१,१२७ मतदान गरी कूल मतको ४५ प्रतिशत मत प्राप्त गरेका छौं भने आधिकारिक ट्रेड यूनियनको २१ सदस्यीय केन्द्रीय कार्य समितिमा ३ जना पदाधिकारी सहित ११ जना नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।

ट्रेड  यूनियनले सरकारी सेवा प्रवाहमा अवरोध गरिरहेका छन्, सरुवा, बढुवामा भागवण्डा खोजिरहेका छन् भन्ने विषयमा के भन्नु हुन्छ ?

 हामी क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टीको माग गरिरहेका छौं । सेवा प्रवाहमा सवैभन्दा तल्लो निकायमा राजनैतिक नेतृत्व विहिन अवस्थामा समेत सवै स्थानीय संरचनाहरु निजामती कर्मचारी सेवा प्रवाह गरिरहेको यथार्थता हो, शुन्य सहनशीलताको भ्रष्टाचार विरोधी अभियानका विषय उठानकर्ता यो संगठन भएको विषय स्मरण गर्दा म गौरवान्वित हुने गर्दछु । मधेश आन्दोलन, माओवादी आन्दोलन, शाही सरकारको एकलौटी शासन सञ्चालनको अवस्था वा अन्य सवै समयमा कर्मचारीमाथि हुने सवैखाले दुव्र्यवहारको संगठनले निडरतापूर्वक भण्डाफोर गरेको यथार्थता छ ।

हामी अधिकार र दायित्वलाई व्यवस्थापन गर्दै कर्मचारीको सामाजिक सुरक्षाको विषय, सेवा प्रवाह जनताको गुनासो रहित बनाउने सन्दर्भ, सरुवा र बढुवाजस्ता विषय बैज्ञानिक र पूर्वानुमानयोग्य बन्नु पर्छ भन्ने विषयमा क्रियाशील रहेका छौं । जहाँसम्म आरोपको विषय छ, हाम्रो संगठन टे«ड यूनियनका पदाधिकारीलाई सरुवाको निवेदन बोकेर हिड्ने विषयबाट मुक्त गर्दै खवरदारीको भूमिकामा सिमित गर्नुपर्छ भन्ने मात्र सरकार समक्ष गरिरहेका छौं । तर यसका लागि पूर्वानुमानयोग्य बैज्ञानिक प्रणाली स्थापित गर्नुपर्दछ ।

आधिकारिक ट्रेड यूनियनमा संगठनले नेतृत्व गरेपछिका तपाईहरुका मुद्दा के के हुन ? जनतालाई यसबाट के फाईदा हुन्छ त ?

 आधिकारिक ट्रेड यूनियनको नेतृत्व हाम्रो संगठनले गरिसकेपछि क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टी गर्नका लागि सरकारलाई दवाव र सुझाव प्रस्तुत गर्नेछौं । बैज्ञानिक र पूर्वानुमानयोग्य सरुवा, बढुवा प्रणाली स्थापित गर्नेछौं । कर्मचारीको सामाजिक सुरक्षामा विशेष ध्यान दिनेछौं । संघीयताको सरकारी प्रशासन र कर्मचारी बाँडफाँडको विषयमा सुझाव प्रस्तुत गर्नेछौं । सरकारी प्रशासनलाई दीर्घकालीन सोचको आधारमा जनताको नजिकको भरोसायोग्य साथी बनाउने तर्फ हाम्रो ध्यान जानेछ ।

अन्त्यमा, केही भन्नु छ ?

सम्भव त विश्व ईतिहासमा निजामती क्षेत्रमा पहिलो पटक सम्पन्न भएको ऐतिहासिक आधिकारिक टे«ड यूनियनको निर्वाचनमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नु हुने र पु¥याउनु हुने मतदाता कर्मचारी महानुभावहरु, सवै संगठक मित्रहरु, नेपाल सरकार, पत्रकारबन्धु लगायत सम्बद्ध सवैमा संगठन हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछ ।