कृषि र पर्यटनको संयोजन 'संगम शेर्पा'

Posted on: June 01, 2016 | views: 775

डिल्ली निरौला :

भनिन्छ पर्यटन आलु विषय हो यसले समाजका हरेक क्षेत्रमा छोएको हुन्छ। समाजका सपुर्ण व्यवसायसँग पर्यटनको साइनो गासिएको हुन्छ। तर यो सैदान्तिक  विषय मात्र नएकर व्यवहारिक रुपमानै रुपान्तरण गरेकाछन् पर्यटन तथा कृषि व्यवसायी सँगम शेर्पाले ।

उपत्यकाको बीचमानै रहेको काठमाण्डौंको कपनमा उनी ५० भन्दा प्रजातीका प्राङ्गारिक कृषि उत्पादन गर्दछन् भने ५० बढी देसका पर्यटकहरुलाई ल्याएर आफ्नो प्राङ्गारिक कृषि बगैचामा घुमाउँछन्। उनको अर्गानिक कृषि केन्द्रमा गाई भैसिको सुद्घ दुध दहि घीउ देखी स्वदेसी विदेसी तरकारी फलपुल  च्याउ लगायको उत्पादन हुनुको साथै नेपाल, भारत, चिन, अमेरिका, अस्टेलिया, युरोपेली देसका पर्यटकहरु गरेका छन् ।

तरकारीमा कुरिलो, काउली, चुकन्दर, गोलभेडा, चेरी टमाटार लगायतका २० भन्दा वढी  प्रजाती, एभोकाडो, फलफुलमा अनार, आल्चा, अम्बक, जापानी मेलन, ड्रगन फ्रुट जस्ता १० प्रजाती,  सलाद परिकारमा रकेट लेट्युस, रेड लेट्युस, ग्रिन ले लेट्युस, ओक लिफ लेट्युस, आइसवक लेट्युस, आरुगुला, मैजुना लगायतका १० प्रजाती र मसलावालीमा करिपत्ता, रोजमेरी, अरिगानो, थाइम, पास्र्ली, स्यालरी, लेमन ग्रास, लेमन वार जस्ता उत्पादन गर्ने गरेको पाइन्छ ।

केही बर्ष युरोप र अमेरिका समेत बसेर स्थाई बसोवास कार्ड भए पनि यनी स्वदेसमानै केही गर्नको लागि नेपाल फर्केर काम गरेको बताउँछन्। विश्वको विभिन्न देसमा भएको कृषि पर्यटनबाट प्रभावित भएपछि उनले नेपालमानै यस्तो व्यवसाय स्थापित गर्न कोशिस गरेको बताए । हाल उपत्यकाको चक्रपथदेखी केही भित्र कपनमा उनले ३० रोपनी जग्गामा विभिन्न प्रजातिका कृषिजन्य उत्पादन गरि रहेका छन् ।

उनले हरेक दिन आफ्ना उत्पदनहरु स्वदेशी तथा विदेशी बजारमा पठाउने गरेका छन्। उपत्यकाको मुख्य सुपरमार्केट भाटभटेनीमा प्रत्येक विहान आफ्ना उत्पादनहरु पठाउने गरेका छन्। नेपाली बजारकमा विभिन्न  प्राङ्गारिक उत्पादनहरु र विदेसमा मह, अनार जस्ता आफ्ना नेपाली उत्पादनको बजारमा राम्रो माग भएकोले अफ्नो उत्पादनले पुर्ति गर्न नसकेको उनको भनाई छ ।

जग्गा भाडामा लिएर सुरु गरेको यो परम हाउस तीन बर्ष अघी बाट सुरु गरेका हुन । सुरुको दुई बर्ष घाटामै गएपनि हालमा उनले गरेको लगानी उठ्न लागेको उनी बताउँछन् । हाल उनको यस प्राङ्गारिक फरममा १५ जनाले दैनिक रोजगारी पाएका छन् भने विभिन्न कृषि प्राङ्गारिक तालिम पनि सञ्चालनमा रहेको छ ।

नेपालका पदयात्रा कम्पनीको छाता संगठन नेपाल टे«किङ एजेन्सी एसोसियन टानका केन्द्रीय सदस्य समेत रहेकाले उनलाई विदेसमा आफ्ना उत्पादनहरुको प्रचार गर्न त्यति समस्या छैन। संसारका धेरै देससँग व्यवसायिक सम्बन्ध छ उनको । अफ्नै कृषि पर्यटनमा घुमाउने क्रममा उनको दुनियाँ सँगको सम्बन्ध विस्तार भएको हो । आफुले भरिया हुदा, पथप्रदर्शक हुदा र आफ्नै पदयात्रा कम्पनीको सञ्चालनका क्रममा दुनियाँ सँगको सम्बध विस्तार भएकाले यनलाई विश्वका विभिन्न देसबाट प्रङ्गारिक कृषि सामाग्रीको माग हुने गरेको हो ।

होलिडे ट्रेकिङ कम्पनीका मालिक समेत रहेका उनलाई पदयात्रा कम्पनी बाट दुनियाँका देसमा भएको सम्बन्ध व्यवसायमा सहयोग गर्ने मुख्य पाटो बनेको छ। टानको केन्द्रीय सदस्य समेत भएका हुनाले यनलाई पर्यटन र कृषिको सम्बन्ध स्थापित गर्न सजिलो भएको हो।

तप्लेजुङको सुदुर गाउँवाट काठमाण्डौं आउँदा संगम शेर्पा सँग काडमाण्डौं आउँदा आषा र अपेक्षा बाहेक केही पनि थिएन। पर्यटकको भारि बोकेर उपत्यका झुक्किएर जस्तै पुगेका उनलई उपत्यका आएपछि पर्यटक जस्तै आकास आकासमा उड्ने त चाहना थियो तर उनको योग्यता भने भारि बोक्नु मात्र थियो। आकास आकासमा उटेका पर्यटकको भारि बोक्दै गर्दा उनले आकासमा उड्ने चाहना लाई मारेनन् आफै पर्यटन व्यवसायी बन्ने सपनामा पनि सफल हुदै गए । आखिरमा आज पर्यटन र कषिको नजिकको साइनोलाई व्यवहारमानै रुपान्तरण गरेर नमुना व्यवसायिक बनेका छन् ।

सपनै सपनाको सहर काठमाण्डौंमा उनले गाउँमा सिकेको बह्रखरीको सामान्य ज्ञानले केही मात्र काम गर्ने गर्दथ्थो। आफुमा भएको भरियाको सिपलाई प्रयोग गरेर उनले विस्तारै पदयात्राको पथप्रर्शकको काम पाए। यसवाट नेपालका अधिकांस हिमाल र अन्य भुगोलको राम्रो जानकारी बनाएर उनी अफै कम्पनी खोल्ने तयारीमा जुटे । त्यसवाट दुनियाँका विभिन्न देसको यात्रा गर्ने अवसर पाइकाले उनले आफुलाई विश्वका विभिन्न देसको यात्रा पनि गरे। तर युरोप र अमेरिकामा भएको कृषि पर्यटनमा भएको कामले उनलाई त्यहँ बस्ने दिएन  र नेपाल फर्केर आफ्नै पर्यटन र कृषिको संयोजीत व्यवसाय सुरु गरे कपन प्राङ्गारिक कृषी केन्द्र ।

दसवर्ष लामो भरियाको कठिन थात्रा पछि उनलाई उपत्यकाको नेपालको नामुद थामसेर्कु पथयात्रा कम्पनीले पथप्रर्दकको जागिर दिलाएपछि बाँच्ने आधार बन्यो । तर आज उनले धेरैलाई रोजगारी दिएर अरुको पनि भविश्य सुनिश्चीत गराएका छन् भने कृषि पर्यटनको लागि नमुना व्यवसायी बनेका छन्।