बजेट भाषण पछि 'ब्ल्याक स्टोन'को सटिक व्यंग्य सहितको नेपाल यात्रा

Posted on: May 29, 2016 | views: 546

‪#‎मेचीमहाकाली_बुलेट_रेलवे‬ अन्तर्गत "चितवन स्टेसन" मा रेल राेकिएकाे थियाे । मैलै साथीलाई झ्यालबाट बाहिर देखाएर भने - "याे १२० तले भवन ‪#‎एमालेकाे_केन्द्रीय_कार्यालय‬ हाे ।" मैले रेलकाे TTE लाई साेधेँ - झापा पुग्न अब कति लाग्छ? उसले भन्याे - अब १ घन्टा । त्यत्राे लाग्छ? म अतालिएँ ।

छेउमा एउटा खैरे बसेकाे थियाे । साेधेँ - कहाँसम्म ??
उसले भन्याे - "नेपालकाे P.R पाइएन, अाफ्नै देश ‪#‎अमेरिका‬ फर्किँदैछु । एकपटक विश्वकै ठूलो पानीजहाज हेरूँ कि भनेर झापा हिँडेकाे ।

अर्काे डिब्बाबाट धार्मिक अावाज अायाे - "राधेराधे भन्ने हामीलाई लाइराछ ।" गएँ, ‪#‎हिसिलासहित_बाबुराम‬ भट्टराई रहेछन् । डाक्टर बाेले - "अाेलीले उठिबास लाइहाले, कुम्लाे-कुटुराे बाेकेर हरिद्वार हिँडेकाे । गङ्गाका छेउमा कीर्तन गरेर बस्ने बिचार छ ।" हिसिला च्याँठ्ठिइन् - "प्रटिगामी टट्वले गरिखान डिएन ।"

झापा पुगियाे ।

नेपालले ठाडै हस्तक्षेप गरेर ३ वर्षमा ९ वटा सरकार ढलाइदिएकाे हुनाले भारत हैरान भएर, नेपाललाई खुशी पार्न अाफ्नाे "पश्चिम बंगाल" प्रदेश उपहारमा दिएकाे थियाे । मन्जुश्रीले चाेभारकाे डाँडाे काटेझैँ, अाेली सरकारले ‪#‎समुद्रको_पानी_झापासम्म‬ ल्याएकाे रहेछ ।

नेपाली ‪#‎झण्डा‬ "फरररररररर" पार्दै ठुलाे ‪#‎पानीजहाज‬ छुट्याे । जल-यातायात कार्यालयले जानकारी गरायाे - "अवैध बसाेबास गरेका अष्ट्रेलियाली नागरिकलाई फिर्ता पठाइयाे ।"

तिर्खा लाग्याे, ‪#‎सार्वजनिक_धारामा‬ गएँ । तीनवटा टुटी रहेछन् - पानी, दूध र रक्सीका । ३ गिलाँस रक्सी तन्काएँ । अाराम भयाे ।

त्यसपछि, ‪#‎झापाबाट_केवलकारमा‬ ३० मिनेटकाे यात्रामा ताप्लेजुङ पुगियाे । ‪#‎अपिकञ्चनजंघा_हिमाली_राजमार्गकाे‬ ८ लेनकाे नागबेली बाटाे, सार्वजनिक गाडीमा म राराताल तिर लागेँ । गाडीमा छेउमा बसेका जुङ्गावालाले अाफ्नाे परिचय दिए - मने! म ‪#‎प्रचण्ड‬ । ‪#‎दस_हजार‬ मेगावाटको ‪#‎कर्णाली_हाइड्रोपावर‬" उद्घाटन गर्ने अाेलीजीकाे हुकुम छ, साे त्यतै हिँडेकाे ।

अर्काेपट्टि हातमा ‪#‎फुटेकाे_घैँटाे‬ लिएका एक युवा र दुइचार जना बुढाहरू झाेक्र्याउँदै थिए । मैले साेधेपछि युवाले परिचय दिए - म ‪#‎गगन_थापा‬ । यिनी ‪#‎रामचन्द्र‬, उनी ‪#‎शेरबहादुर‬, त्याे चश्मे चाहिँ ‪#‎रामशरण‬ महत । काठमाडौंमा चुनावमा उठेकाे, नराम्ररी हारियाे, सबैकाे धराैटीसमेत_जफत भाे । विरक्त लागेर मानसराेवर दर्शन गर्न हिँडेकाे हामी त ।

अलिपर पुगेपछि ठुलाठुला ‪#‎पाइप_लाइन‬ देखिए । गाडि राेक्याे, ४ जना निख्खर ‪#‎काला_मधेशीहरू‬ चढे । मैले भनेँ - रामराम भैया ! उनीहरूले हात जाेडे - "रामराम हजुर । अाेलीजीले ‪#‎देशनिकाला‬ गर्ने भनिहाल्नुभाे, बल्लबल्ल हाथ जाेडेर फकाएपछि पाइपलाइन मर्मत गर्ने काम दिएर यहाँ पहाडमा पठाइ हाल्नुभाे । मैले साेधेँ, याे केकाे पाइप हाे? एउटा बाेल्याे - "दैलेखकाे पेट्रोल चाइना बेच्न लाने पाइप हाे हजुर ।"
म बाेलेँ - परिचय पाउँ न, सबै पालैपालो बाेले - म ‪#‎सीके‬ रावत, म ‪#‎उपेन्द्र‬ यादव, म ‪#‎राजेन्द्र‬ महताे, म ‪#‎महन्थ‬ ठाकुर ।

दैलेखबाट भर्खर म काठमाडौ ओर्लिए, आधा घण्टामै मेचीमहाकाली_बुलेट_रेलले काठमाडौंमा-ल्याइपुरायो, ‪#‎काठमाडौं‬ पुरै फेरिएछ । म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर ।

साथिको ‪#‎AC‬ Room मा आराम गर्दै मैले सोधे, #AC महङ्गो हुदैन ? साथिले मन्द मुस्कानका साथ भने, ‪#‎हावाबाट‬ निकालेको बिजुली हो धेरै सस्तो छ । ‪#‎हामी‬ #धरहरा घुम्न निस्कियौ। धरहराको #चौथो तल्ला सम्म गाडीहरू खचाखच Parking गरिएका थियो । दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी केबलकार बाट श्यम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो ।

#ओलीको भाषणको प्रभाव कतिसम्म परेछ, #हैट्

सुमन श्रेष्ठ को फेसबुक वालबाट साभार