"सरकारले, 'स्थानीय निकायको निर्वाचन गराएरै छाड्छु' भनिरहेछ । के निर्वाचन होला त ?" हेटौंडा, नवलपुरकी नानीले कौतुहल राखिन् ।
"नेपालको राज्यव्यवस्था सुचारु र राष्ट्र सुदृढ भएको साउथब्लक देख्न सक्दैन । स्थानीय निकाय राज्यव्यवस्थाको जग हो । तसर्थ, साउथब्लकको निर्देशानुसार स्थानीय निकायको निर्वाचन रोक्नका लागि यहाँ महान नेपाली लेण्डुपेहरुले अनेक कुतर्क गर्नेछन् ।" नन्दरामले खुलस्त पारिदिए ।
Gajendra Budhathoki जीको यो गम्भीर जिज्ञाशा -
नेपाली पत्रकारसँग भारतीय मन्त्रीले सम्बन्ध सुधार गर्न चाहन्छौं भने रे !
"पत्रकारको 'सम्बन्ध सुधार दिल्ली भ्रमण' चाहिँ कसले मिलाएछ ?" व्हीलचेयर बाबाको गम्भीर जिज्ञाशा ।
"कान्तिपुरका पत्रकारहरु गोकर्ण अवस्थी र कृष्ण आचार्यले त कर्मचारीको तलबवृध्दि गर्नैहुँदैन भनेर निकै चर्को वकालत गरेका छन् ?" हेटौंडा, नवलपुरकी नानीले जिज्ञाशा राखिन् ।
"मासिक तलब थापिरहेको व्यक्ति नभएपनि मलाइ जानकारी भएसम्म ३ बर्षअघि खिलराज रेग्मी सरकारका मन्त्री एसपी कोइरालाले सामान्य तलबवृध्दि गरेका थिए। नेपालमा कर्मचारीको मासिक तलब छिमेकी राष्ट्रहरुकै तुलनामा अत्यधिक न्युन छ, तर महँगी चर्को छ । त्यसमाथि, पछिल्लो कालमा अस्वाभाविक र असामान्य हिसाबले महँगी भयङ्कर बढेको छ । ठूला बजेट हुने विकासेअड्डा र प्रोजेक्टहरु तथा भन्सार, कर, मालपोतलगायत रसीला-पोषीला अड्डाका अनि संस्थानका बाहेक बाँकि कर्मचारीहरु महँगीको भारले थिचिएर सासै फेर्ननसक्ने हालतमा छन् । तिनीहरुको तन्नम हालत देखेर सम्वेदना र विवेक जाग्नुपर्ने हो ।" नन्दरामले स्थिति केलाएर राखिदिए ।
साह्रै चित्त दुःखेर देवेन्द्र कोइरालाजीले लेख्नुभयो -
पशुपतिनाथको मन्दिरमा भारतीय पूजारीहरूले कमिशन बढाउन माग्दै पूजा बन्द गरे र महिनाको दशलाख तलब र थप कमिशन पाउने भएपछि पुन पूजा थाले । के संसारमा कुनै मुल्लाहा वा पादरीले कमिशन र तलब बढाउन माग गर्दै नियमित प्रार्थना बन्द गरेको छ ? मलाइ थाहा छैन । नेपाली भूमिमा विदेशी पुजारीको खुटृाको पानीले अाचमन गर्दै नेपालीको पहिचान भनी हिन्दु राष्ट्र नेपालको नारा खोक्दै हिंड्ने जन्तुहरू देख्दा दया जागेर अाउंछ ।
"नेपाली काङ्ग्रेसका केन्द्रीय कोषाध्यक्षलगायत नेताहरु तराईमा बढीमा २ प्रदेश हुनुपर्छ भनिरहेछन् त ?" हेटौंडा, नवलपुरकी नानीले कौतुहल राखिन्।
"पोहोर सम्विधान निर्माण भैरहँदा राज्यसंरचना बिषयमा शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौलालगायत नेपाली काङ्ग्रेसका नेताहरु नै अखण्ड सुदूरपश्चिमबाट कैलाली, कञ्चनपुर जिल्लाका, तथा पूर्वमा १ नम्बर प्रदेशबाट झापा, सुनसरी, मोरङ जिल्लाका १ इञ्च जमिन छुन-चलाउन पाईंदैन भनी मोर्चाबन्दी कसेर राष्ट्रिय अडान राखेका थिए । शेरबहादुर देउवा दिल्ली, साउथब्लक पुगेर आएपछि अहिले काङ्ग्रेसका शीर्ष नेतृत्व नै पर्लक्क पल्टिएर समग्र तराई एक प्रदेश, नभए बढीमा दुई प्रदेश नै हुनुपर्छ भनेर काङ्ग्रेसका केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताहरु निकै चर्को होहल्ला मच्चाइरहेछन् ।" नन्दरामले द्वैधचरित्र दर्शाइदिए ।
Kishor Shrestha ले देखेको लेख्नुभयो -
बिदेशीले देश चिन्ने पहिलो ठाउँ हो अन्तर्राष्ट्रिय बिमानस्थल,त्यसको आगमन कक्ष र राहदानी-भीसा जाँच्ने अध्यागमन । तर,आज यस्तो देखियो काठमाण्डौमा,कर्मचारी गायव-मेरो पासपोर्टमा छाप लगाइदिनोस् न प्रभो भन्दै यात्रुहरुले खोज्दै हिंड्नुपर्ने । अनि यस्तो देशलाई चार्ल्स शोभराजले यसै त भनेन होलान् नि म यहाँबाट हात्ती पनि छिराइदिन्छु । छि छि ब्यूरोक्रेसी ! अरु देशमा भए यति गैह्रजिम्मेवार अफिसरलाई झुण्ड्याइसक्थे,हाम्रोमा त कारवाही गर्न खोज्नेलाई नै यी कर्मचारीले मिलेर बिजुलीको पोलमा झुण्ड्याउन बेर छैन !
वीपी कोइरालाले लेखेको उपन्यास 'सुम्निमा' जलाउनेहरुलाइ सौरभले भने, "ती सुम्निमा जलाउन तम्सिने अगुवाहरुले सुम्निमालाइ सर्सर्ति नजर मात्र लगाए, गहीरोसँग ध्यान दिएर पढेनन् । अरु बगालले सुम्निनाका पाना पल्टाउने त परै जाओस् एक नजरसमेत् लगाएका थिएनन्। तिनलाइ पढ्नैपरेन, लहैलहैमा लागेर आगो झोसे, एकछिनको रमाइलो भैहाल्यो ।"
Binod Neupane को प्रक्षेपण -
अब, यिनै भारतीय दलाल मदेशी मोर्चाका नेताका कुप्री बाउहरु प्रिथिबी नारायण साहा भन्दा अगी शासन गर्थे, पछी एसो प्रिथिबी नारायण साहले उनिहरुलाई सघाएका हुन भन्ने दिन आए ?
यि भुमी पुत्र भारत तिर बाट आएका होइनन ! भोटका युद्दबाट भागेर आएका होइनन, भारत , बर्मा तिर बाट भागेर , सीकार गर्दै यो भुमिमा पसेका होइनन ! एकै चोटि सगरमाथाको फेदीमा सुल्लित्तै पलाएका भुमी पुत्र हुन ! अनुसन्धान गरिएका सबै पेपर डढाइदेउ ! फटाहा हो !
Himal Kshetri को प्रतिकृया -
हाहा माल्दाई!!! यिनीहरु यति धेरै विवेकशील र सुसंस्कृत हुन्थेभने त आज पृथकतावादी बिचारको शिकार नै किन हुन्थे र ??? मुर्खताले आतङ्कवादी जन्माउँछ; संस्कार रअध्ययनले विवेकशील जन्माउँछ , यति कुरा त दाईलाई पनि थाह भएकै हुनुपर्छ। यो आन्दोलनको पछि लाग्नेहरुलाई हेरेर भन्नुस त यहाँ विवेकशील कति छन् ???
काठमाडौं वडा नं १७, क्षेत्रपाटी ढल्कोमा रहेको संघाराम विहार भिक्षु तालिम केन्द्रको रुपमा रहेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०५६. १०. २४ गते संस्था दर्ता रजिष्ट्रेशन नम्बर ६६१/२०५६-०५७ मा दर्ता रहेको छ। सहायक प्रजिअ शरदकुमार पोखरेल र पूर्व सभासद भिक्षु आनन्द मिलेछन् र उक्त विहारलाइ २०७२ फागुन ४ गतेका दिन नम्बर ५५७/२०७२ मा पुन दर्ता गरिदिएछन्। "एउटै संस्थालाइ मान्छेपिच्छे दर्ता गर्न मिल्छ ?" भनेर सोध्दा, "जिल्ला प्रशासन कार्यालयमा रेकर्ड म्यानेज गर्ने चलन छैन । रेकर्ड म्यानेज नगर्नासाथ भद्रगोलमा जान्छ। भद्रगोलमा यस्तो हुनु स्वाभाविक हो" भन्दारहेछन्।
"सरकारको नीति, कार्यक्रममा घोषणा भएअनुसार स्थानीय निकायको निर्वाचन होला त ?" हेटौंडा, नवलपुरकी नानीले सोधिन्।
"दिल्ली, साउथब्लकले नेपालमा राज्यब्यबस्था ब्यबस्थित र दह्रो भएको, राजनीति नैतिक धरातलमा टेकेर आत्मसम्मानयुक्त भएको तथा राष्ट्र सुदृढ र गतिशील भएको देख्नैसक्दैन । स्थानीय निकाय भनेको राज्यब्यबस्थाको जग र बलियो खम्बा हो। त्यसैले, साउथब्लकले स्थानीय निकायको निर्वाचन गर्न दिंदैन। भोलिदेखि नै स्थानीय निकाय निर्वाचनबिरुध्द महान नेपाली लेण्डुपेहरु कोकोहोलो मच्चाउन थाल्नेछन्।" नन्दरामले भविष्यवाणि नै गरिदिए ।
लेखक तथा राजनीतिक विश्लेषण गर्नुहुने आनन्दराम पौडेलको फेसबुकमा प्रकाशित स्टाटसबाट साभार