सभामुख ओनसरीकोे भासियो कि आकासियो स्वभिमान ?-मिलनकान्छा किराती

Posted on: May 03, 2016 | views: 452

नेपालीले राष्ट्रिय स्वधीनता र स्वभिमानको कुरा गर्नु सामान्य बन्दै गएको छ । हामीलाई देशको माया विछट्टै छ । यसमा दुईमत छैन । देसलाई समुन्नत बनाएर सिङ्गार्न चाहन्छौं । स्वधीन नेपाल निर्माण गरेर स्वभिमानी बन्ने हाम्रो उत्कट चाहना हो । तर, स्वधीन नेपाल कसरी बन्न सक्छ रु हामी स्वभिमानी नेपाली कसरी बन्न सक्छौं रु यसको वस्तुनिष्ठ वैज्ञानिक दिशानिर्देश गर्ने नेतृत्व र सही कार्यदिशा कार्यन्वायनको अभाव खेपिरहेकाछौं । यसो हुन आउनुको कारण अदुरदर्शी नेतृत्व र अन्धोराष्ट्रवादीको बाहुल्यता नै प्रमुख हो । यसले वीर, पूर्खाको नाममा रझाईं गर्न खोज्छ । राष्ट्रको नाममा न आफू सिन्को भाँच्छ, न त अरुलाई केही गर्न नै दिन्छ १ यसको विशेषता बोलीमा खरो राष्ट्रवादी, परिवर्तनकारी, अग्रगामी सुनिन्छ ।

यस्तो चर्का देशभक्ति नारा लगाउनु नित्यकर्म जस्तै भईसकेको हुन्छ । कसै–कसैको त थेगो नै बसिसकेको सुन्न पाइन्छ । तर, व्यावहार अचम्म गरी ठीक विपरित अन्धोराष्ट्रवादी, पश्चगामी, प्रतिगमनकारी हुन्छ । आफ्नो परिस्थिति बुझेर नबुझेर देशभक्ति भजन गाउदै अप्रत्यक्ष रुपमा स्लो पोइजन देशद्रोहीको क्रियाकलाप अङ्गाल्न पुग्छ । आफुलाई राष्ट्रको नायकको रुपमा उभ्याउन खोज्दा–खोज्दै खलनायकको चरित्र थाहै नपाई आत्मसात गर्न थालिककसकेको हुन्छ ।
 
एक सन्दर्भः वेलायत भ्रमणको क्रममा केही दिनअघि सभामुख ओनसरी घर्तीमगरले नेपाली भाषा प्रयोग गरेको विषयमा राष्ट्रिय स्वभिमान र दक्षतासँग जोडेर यी राष्ट्रवादीहरुको धेरैखाले टिका–टिप्पणी भए । निकै ठूलो खैलाबैला मच्चियो । अङ्ग्रेजी बोल्न नजानेर राष्ट्रकै वेईज्जत भएको धेरैको तर्क रह्यो । अरु दक्षता त्यस्तै हो, भाषासम्मको दख्खल नहुनेले देशको नेतृत्वमा बस्न नहुनेसमेत तर्क गरे । उनीहरुको तर्क त्यस्तो नकरात्मक  पनि मान्न सकिदैन थ्यो । 

तर, यत्ति मिहिन ढङ्गले शिष्टता, सभ्यता, दक्षता र क्षमताको मूल्याङ्कनगर्दै राष्ट्रिय स्वभिमानको विषयभित्र बौद्धिकता साँध्न खोजिन्छ भने प्रथमतः आफैलाई मूल्याङ्कनको कसीमा उभ्याउनु आवश्यक छ कि छैन रु धेरै बोल्ने ओठ होइन कर्म गर्ने हात देउ भनेझैं ती धेरै बोल्ने विद्धानहरुले थोरै पनि नभएर एउटा उदाहरणीय काम गरिदिए कत्तिधेरै धन्यावादका पात्र हुन्थे होला १ देशको विकराल परिस्थितिको पहरोनेर उभिएर यसबारे एकोहोरो घोत्लिएर सोच्दा–सोंंच्दै नसाहरु लत्रक्कै गलेर आउँछ । आखिर किन यस्तो दुर्दशा नेपालीले नै भोग्नुपर्ने रु उत्तर कहीं भेटिदैन, प्रश्नै–प्रश्नको चाङ लाग्छ । 

वस्तुतः स्वभिमानको लागि स्वदेशी खानपान, रहनसहन, बोलीचाली, संस्कार, संस्कृति एवं अरु थुप्रै कुराहरुमा नेपालीपन हुनुपर्दछ । शिरको कपालमा लगाउने तेलदेखि पाउको नङ काट्ने कटरसम्म विदेशकै निर्भरता रहेसम्म आफुलाई वुद्धिमान स्वभिमानी नेपाली ठान्नु अन्धोराष्ट्रवादवाहेक अरु केही हुन सक्दैन । पैतालामा काँडा बिझ्योभने कसैगरी काँडाको खिल निकाल्न विदेशी हुपसियो चाहिन्छ । नेपाली यत्तिधेरै आत्मनिर्भर छौं, र पनि कहिल्यै हाम्रो चेत खुल्न सकेको छैन । 

यसर्थ, ओनसरीले नेपाली भाषा बोल्दा वेईज्जत ठान्नेहरुले नेपाली स्थानीय मौलिक वस्तु प्रदर्शन, निर्यात गरेभने आत्महत्या नै गर्छन कि भन्ने  चिन्ता हुनु स्वभाविक हुन थालेकोछ । उनले अङ्ग्रेजी जानेनन, नेपाली बोले । तर, अङ्ग्रेजी जान्नेले खोई कहाँ, कहिले नेपाली बोले रु ती दाषीहरु जो, जुन देश जान्छन, त्यही देशको भाषा नक्कल गर्छन । यी दाषी, नक्कलेहरुले गर्दा नै देशको स्वभिमान गिरिरहेको छ । उनले अङ्ग्रेजी नजानेर अनुवादक राखेर नेपाली बोले । 

अब, आशा गरौं कि ओनसरीहरु अङ्ग्रेजी जानेर पनि भाषा अनुवादक नराखी जुनसुकै मित्रराष्ट्र पुगेर भेटघाट, सभा, सेमिनारमा नेपाली मातृभाषा निर्धक्क साहसका साथ बोल्न सकून । देशमा धेरै बठ्याईं होइन, विकास, समृद्धि र प्रगति गरुन । अरुको भाषा नबुझ्दा हामीलाई समस्य होइन, हाम्रो भाषा नबुझ्दा अरुलाई समस्य होस । हामी सबै आत्मनिर्भर बन्न सकौं । किन कि, भाषामा दक्षता सहायक कुरा हो, प्रधान कुरा त सबै समृद्ध भएर आत्मनिर्भर बन्नु नै हो ।